मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

#अभियान :
पाँचखपनको सरस्वती आविमा ‘विद्यार्थी कल्याण कोष’ स्थापना गर्न अभियान

Sankhuwasabhapress 607+ समाचार ( )
९ अशोज २०८१, बुधवार

संखुवासभा । जिल्लाको पाँचखपन नगरपालिका वडा नं. ६ स्थित सरस्वती आधारभूत विद्यालय सखुवाडाँडामा ‘विद्यार्थी कल्याण कोष’ खडा गर्न सहयोग अभियान सचालन भइरहेको छ । 

विद्यार्थी कल्याण कोष स्थापना गरि सो कोषबाट प्राप्त ब्याजले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको आवश्यकता र पठनपाठनमा सहयोग गर्ने उद्देश्य लिइएको विद्यालयका प्रधानाध्यपक भीमबहादुर तामाङले बताए । उनको अनुसार, अभियान अन्तर्गत हालसम्म ८२ जना दाताहरुले कोषका लागि रकम जम्मा गरिसकेको छ हालसम्म २ लाख ३१ हजार ८ सय ८५ रुपैयाँ रकम जम्मा भईसकेको समेत प्रअ तामाङको भनाइ छ । 

कोषका संस्थापक तथा संयोजक जलिना तामाङका अनुसार, पाँच लाख रकम बराबरको कोष स्थापना गर्ने गरी अभियान सञ्चालन भईरहेको छ । कोषले विपन्न र असहाय परिवारका बालबालिकाहरु अध्ययन गर्ने उक्त विद्यालयमा पोशाकमा एकरुपताका लागि ट्रयाक सुट र टिसर्टको व्यवस्थापन गर्ने पहिलो योजना बनाएको छ । संयोजक तामाङले मितव्ययी रुपमा पोशाक खरिद गरि बाँकी रहेको रकमलाई बैंक मुद्धतिमा राखी ब्याजबाट बार्षिक रुपमा विद्यार्थी हितका लागि काम गरिने बताईन् ।

सामुदायिक विद्यालयप्रति विद्यार्थी घट्दो आकर्षणलाई यो अभियानले सहयोग पुग्ने विद्यलायको अपेक्षा छ । विद्यालयले अभियानलाई सार्थक बनाउन सम्पूर्णको सहयोगको अपेक्षा र आशा गरिएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार