मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

कृषि ज्ञान केन्द्र संखुवासभा :
खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु

Sankhuwasabhapress 628+ समाचार ( )
१७ जेठ २०८३, शनिबार

संखुवासभा । जिल्लाको सदरमुकाम खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु भएको छ ।

शुक्रबार सदरमुकाम खाँदबारीमा एक कार्यक्रम बीच जिल्ला समन्वय समितिका उपप्रमुख वविता खत्री अधिकारीले तालिमको उद्घाटन गरिन् । उनले कृषक लक्षित कार्यक्रम भएको बताउर्दै गुणस्तरीय बिउविजनको उत्पादन गरि आम्दानी बढाउन सबै कृषकहरुलाई अनुरोध गरिन् । 

कृषि ज्ञान केन्द्र संखुवासभाले आयोजना गरेको उक्त तालिममा संखुवासभाका १० वटै स्थानीय तहबाट कुल ५० जना सहभागी रहेको रहेको जनाएको छ । तालिममा विशेषगरि जिल्लाको विभिन्न ठाउँमा एग्रोभेट संचालन गरिरहेको ब्यबस्थापक र कक्षा १२ पढर्दैै गरेको विद्यार्थीहरुलाई सहभागी गराइएको कृषि ज्ञान केन्द्र संखुवासभाका कार्यालय प्रमुख छत्रबहादुर विश्वकर्माले बताए । उनले तालिमले गुणस्तरीय बिउ उत्पादन, भण्डारण, प्रशोधन, लेबलिङ तथा बजार व्यवस्थापन सम्बन्धी व्यवहारिक जानकारी प्रदान गरिने बताए । 

स्थानीय स्तरमै उन्नत तथा प्रमाणित बिउ उत्पादन गर्न सके कृषकको उत्पादन लागत घट्नुका साथै आम्दानी वृद्धि हुने कृषि ज्ञान केन्द्र संखुवासभाको भनाइ छ । यो तालिम पछि एग्रोभेट ब्यबस्थापकहरुलाई बिउविजन बिक्री गर्न अनुमति पत्र (लाइसेन्स) समेत प्रदान गरिने भएकाले तालिम महत्वपूर्ण रहेको आयोजकले जनाएको छ ।

उक्त तालिममा राष्ट्रिय बिउविजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरका प्रमुख सहसचिव बेनु प्रसाई, प्राविधिक सहायक बालकुमारी सुनुवार र कम्प्यूटर अपरेटर शोभाकुमारी न्यौपानेले सहजीकरण गर्ने जनाएको छ । 

उक्त तालिमले कृषकहरु आत्मनिर्भर बन्न गुणस्तरीय बिउको उत्पादन र व्यवस्थापन आवश्यक रहेको बारेमा जोड दिने कृषि ज्ञान केन्द्रले जनाएको छ । तालिम आइतबार समापन हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार