मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

खाँदबारी नगरपालिका :
खाँदबारीको वडा–वडामै भत्ता वितरण

Sankhuwasabhapress 607+ समाचार ( )
१२ वैशाख २०८२, शुक्रबार

संखुवासभा । खाँदबारी नगरपालिकाले वडा–वडामा तेस्रो चौमासिक भत्ता वितरण गरिरहेको छ ।

विहिबार खाँदबारी नगरपालिकाको वडा नं. १० र ११ वडामा भत्ता वितरण गरिएको हो । एक कार्यक्रम बीच जेष्ठ नागरिकहरुलाई खाँदबारी ११ नम्बर वडाका वडाध्यक्ष अनिल राई र राष्ट्रिय वाणिज्य बैंक खाँदबारी शाखाका प्रबन्धक गुरुप्रसाद राईले संयुक्त रुपमा भत्ता वितरण गर्दै कार्यक्रमको शुरुवात गरेका थिए ।

त्यसैगरि खाँदबारी १० नम्बर वडामा वडाध्यक्ष वेदबहादुर चौहान र राष्ट्रिय वाणिज्य बैंक खाँदबारी शाखाका प्रबन्धक गुरुप्रसाद राईले संयुक्त रुपमा भत्ता वितरण गरेका थिए ।

वडा–वडामा नै भत्ता वितरण गर्न थालेपछि धेरै सजिलो भएको खाँदबारी नगरपालिका ११ नम्बरका वडाध्यक्ष अनिल राईले बताए । उनको अनुसार, खाँदबारी ११ नम्बर वडामा २ सय ८७ जना सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताए । 

यता खाँदबारी–१० नम्बर वडामा ३ सय ८३ जनालाई भत्ता वितरण गरिएको वडाध्यक्ष वेदबहादुर चौहानले जानकारी दिए ।

वडास्तरमा नै भत्ता पाएपछि जेष्ठ नागरिक, बृद्धबृद्धा र असक्तहरुलाई सजिलो भएको उनीहरुको भनाइ छ । खाँदबारी नगरपालिकाले बैशाख ११ गते विहीबार वडा नं. ११ र १०, बैशाख १२ गते शुक्रबार वडा नं. ५ र ६ र बैशाख १३ गते शनिबार वडा नं. ४ र २ मा वितरण गरिने खाँदबारी नगरपालिका मेयर महेश थपलियाले बताए । उनले खाँदबारी नगरभित्रका दुर्गममा पर्ने वडाहरु २, ४, ५, ६, १० र ११ मा वडामा नै पुगेर भत्ता वितरण गर्ने गरेको बताए । 

खाँदबारी नगरपालिका र राष्ट्रिय वाणिज्य बैंक खाँदबारी शाखा बीच वडा–वडामा नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौता गरिएको छ । तीन बर्ष अघि देखि निरन्तर रुपमा वडामा नै पुगेर त्ता वितरण गर्ने काम भइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार