संखुवासभा । संखुवासभाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विनोदकुमार खड्काले आएको तीन महिनामा नै महत्वपूर्ण पाँच वटा काम गरेर देखाएका छन् ।
गत कात्तिक १२ गते संखुवासभा जिल्ला प्रशासन कार्यालयमा संघीय सरकारका स्थायी प्रतिनिधीको रुपमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बोकेर आएका खड्काले काम गरेर देखाएका हुन् । उनले आउनेबित्तिकै जिल्लाका राजनैतिक दल, नागरिक समाज, उद्योगी ब्यापारी र पत्रकारहरुसँग भेटघाट तथा परिचयात्मक कार्यक्रमको आयोजना गरि संखुवासभाका समस्याका बारेमा सल्लाह सुझाव मागेका थिए ।
उक्त भेटघाटमा धेरै मानिसहरुले धेरै खालका सल्लाह सुझावहरु आफूलाई प्राप्त भएको र सोही सल्लाह सुझाव अनुसार महत्वपूर्ण र अतिआवश्यक कामहरुलाई टार्गेट गरि काम गरेको सिडिओ खड्काको भनाइ छ । धेरै वटा जिल्लामा सिडिओ बनेर काम गरिसकेका खड्का अहिले भने लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयमा सचिव रहँदा सरुवा भई संखुवासभा आएका हुन् । जागीरे जीवनमा सरकारले जता जिम्मेवारी दिएर खटायो त्यतै जान आफुलाई कुनै अप्ठयारो नलाग्ने उनी बताउँछन् ।
नेपाल सरकारका सहसचिव खड्काले काम गर्ने क्रममा कसैसँग कम्प्रोमाइज नगर्ने बताउर्दै कसैको एक रुपैया नखाने र काम नगर्नेलाई माफी समेत नगर्ने स्पष्ट पारे । ‘सबैले आ-आफ्नो तह र जिम्मेवारी अनुसार काम गर्नुपर्छ । लोभलालच राखेर काम गर्नु हुदैन, मुलुकको विकास र समृद्धि होस् भन्ने उद्धेश्यले सकारात्मक सोचका साथ काम गर्न सबैमा अनुरोध गर्ने गरेको छु ।’-सिडिओ खड्काले भने ।
संखुवासभामा खड्का सिडियो बनेर आएपछि तीन महिनाको अवधीमा पाँच वटा महत्वपूर्ण कामहरु भएको छ । खाँदबारी-नुम ३९ किमि सडकखण्डको कालोपत्रे लगायतको कामको तीव्रता, खाँदबारी देखि मकालु सम्म तीन वटा स्थानीय सरकारले संकलन गर्ने गरेको पटके करको अन्त्य, अरुण तेस्रो प्रवेश मार्ग छयाङकुटी-दिदिङ्ग मुआब्जा वितरण शुरु, तुम्लिङटार-छयाङकुटी सडकको लगतकटटा प्रक्रिया अघि बढेको र खाँदबारी-७ भैरेडाँडाका ५५ घरपरिवारले घर निर्माण गरेको दुई लाख रुपैया बजेट निकासा भएको सिडिओ खड्काले बताए । त्यसैगरि संखुवासभा आएपछि लामो समयदेखि नेपाल र चीन बीच बैठक बस्न नसकिरहेको अवस्थामा गत मंसिर २८ र २९ गते चीनको दुई वटा प्रान्त डिग्री प्रान्त र देन्जी प्रान्तका प्रमुखहरुसँग केन्टाओ भन्ने ठाउँमा बैठक सम्पन्न भएको छ । संखुवासभाका लागि यो पनि अन्त्यै महत्वपूर्ण बैठक भएको खड्का बताउँछन् ।
किमाथांका नाकामा भन्सार कार्यालय स्थापनाको लागि पहल भईरहेको समेत सिडिओ खड्काको भनाइ छ । सिडिओको भूमिका समन्वयकारी भएको हुदाँ जिल्लामा भइरहेको विकास निर्माणका कामहरु सहजीकरण गरि परिणाम निकाल्ने हो । त्यसै अनुसार काम गरिरहेको उनको भनाइ छ । यहाँका राजनैतिक दल, नागरिक समाज, पत्रकार लगायत सबैको सहयोगका कारणले मात्रै परिणाम आउन सफल भएको प्रजिअ खड्का बताउँछन् । सबैले मिलेर काम गर्दा परिणाम निस्कन्छ, त्यसैले जनप्रतिनिधीहरुलाई अझ जिम्मेवार भएर काम गर्न अनुरोध गर्ने गरेको समेत उनी सुनाउँछन् ।
सर हजुरकॐ कार्यसफलताको शुभकामना! सर हाम्रो जिल्लाको विकास निर्माणकार्य एकदमै फितलो छ, सम्बन्धित निकायले ठिक समयमा निरिक्षण नगर्दा भ्रष्टचार एकदमै उच्च छ यसको पनि उचित मूल्यांकन गरि उपयुक्त विधि नियम संयोजन गर्न सकेमा हजुरको कार्यसफलता झनै उच्चस्तरीय हुनेछ।
केही गरौं भन्ने उत्सुकता लिएर अघि बढ्ने प्र जि अ एक बौद्धिक ,अनुभवी र सकारात्मक सोचले ओतप्रोत भएको यूवाको रूपमा लिएको छु ।