मुख्य समाचार
खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ |

खाँदबारी नगरपालिका
खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न

Sankhuwasabhapress 605+ समाचार ( )
८ असार २०८३, आइतबार

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ७ को १० औं वडा भेला सम्पन्न भएको छ । 

आज (आइतबार) खाँदबारी नगरपालिका ७ नम्बर वडाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नगर सभामा पेश गरिने योजना, आयोजना तथा कार्यक्रमका सम्बन्धमा राय–सुझाव संकलन गर्ने उद्देश्यले १० औँ वडा भेला सम्पन्न गरेको हो । 

कार्यक्रमको प्रमुख अतिथि खाँदबारी नगरपालिकाका उपप्रमुख तथा कार्यबहाक मेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले बजेटको परिधीभित्र रहेर सबै क्षेत्रलाई समेटेर विकास गर्नुपर्ने धारणा राखिन् । उनले यो बर्ष खाँदबारी नगरपालिकाकाले नगरभित्रका ११ वटै वडालाई ७५ लाख रुपैयाका दरले बिनियोजन गरेको बताउर्दै खाँदबारी नगरपालिकामा ७७ करोड रुपैया बजेट प्राप्त भएको बताईन् । ‘वडा र पालिकामा कति बजेट आयो भन्ने कुरा प्रमुख हुने र सोही अनुसार वितरण हुने भएकाले सबै जना सुन्न उत्सुक रहेको पाएको छु । सबै क्षेत्रलाई समेटेर र आवश्यकताको आधारमा नागरिकलाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरु समावेश गर्न सुझाव दिन चाहान्छु ।’– बज्राचार्यले भनिन् ।

त्यसैगरि कार्यक्रमका विशिष्ट अतिथि खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमप्रसाद बजगाईले बजेट सिलिङ सानो भएपनि आमनागरिकहरु समेत मिलेर काम गर्ने हो भने सानो बजेट ठूलो काम हुने बताए । उनले नगरभित्र ठूला–ठूला आवश्यकताहरु देखेको छु तर संघ र प्रदेशबाट थोरै बजेट प्राप्त हुने भएकाले सबै तिर एकैपटक विकास गर्न गरेको बताए । 

कार्यक्रममा खाँदबारी नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख कमलमणि थापा, समाजसेवी तथा बरुण बहुमुखी क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष दीर्घध्वज चापागाई, श्री मंगलादेवी माविका प्रधानाध्यापक ज्ञानकुमार चर्मकार, ७ नं. वडाका निर्वतमान वडाध्यक्ष मौसम आलेमगरले शुभकामना मन्तब्य राखेका थिए । उक्त वडा भेलाका धेरै जना स्थानीयहरुले आआफ्नो राय सल्लाह र सुझावका साथै विभिन्न प्रश्नहरु गरेका थिए । कार्यक्रमका अध्यक्ष तथा ७ नम्बर वडाका वडाध्यक्ष देबबहादुर पुवाँर मगरले स्थानीयहरुले उठाएको प्रश्नको जवाफ सहित आफ्नो भनाइहरु राखेका थिए । वडाध्यक्ष मगरले हिजो निर्वाचीत भएर आएपछि पार्टी र जाति भन्दा माथि उठेर ७ नम्बर वडालाई समृद्ध र विकसित बनाउन लागि परेको बताए । उनले आफ्नो बलबुता र विवेकले भ्याएसम्म सबैलाई समेटिएर आवश्यकताको आधारमा बजेट बिनियोजन गर्दै आएको र आगामी दिन पनि यसैलाई निरन्तरता दिइने बताए । 

खाँदबारी नगरपालिका ७ नम्बर वडाका वडाध्यक्ष देवबहादुर पुवाँर मगरको अध्यक्षतामा भएको कार्यक्रम वडा सचिव चुडामणि खनालले संचालन गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य खाँदबारी ७ नम्बर वडाका वडा सदस्य झलकलाल कुसुलेले गरेका थिए । उक्त वडा बेलामा ७ नम्बर वडाभित्रका २० वटा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधी, विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज र स्थानीयको उल्लेखनीय उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार