मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

असार ६ - २० गते सम्म
खाँदबारी देखि उत्तरीक्षेत्रका ६ वटा स्थानीय तहमा ४ घण्टा विद्युत्त अवरुद्ध हुने

Sankhuwasabhapress 607+ समाचार ( )
८ असार २०८२, आइतबार

संखुवासभा । जिल्लाको सदरमुकाम खाँदबारी सहित उत्तरीक्षेत्रका ६ वटा स्थानीय तहमा ४ घण्टा विद्युत्त अवरुद्ध हुने भएको छ ।

असार ६ गते शुक्रबार देखि २० गते सम्म करिब दुई साता संखुवासभाको सदरमुकाम खाँदबारी देखि उत्तरी क्षेत्रका चिचिला, सभापोखरी, सिलीचोङ, मकालु र भोटखोला गाउँपालिकामा विद्युत अवरुद्ध हुने नेपाल विद्युत्त प्राधिकरण खाँदबारी वितरण केन्द्रका प्रमुख ईन्जिनियर शत्रुधन यादवले बताए । हाल संचालनमा रहेको खुल्ला तार हटाई ईन्सुलेसन सहितको तार परिवर्तन गरिने भएकोले ६ गते देखि प्रत्येक दिनको विहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा विद्युत्त लाइन काटेर काम गर्न लागेको केन्द्रका प्रमुख ईन्जिनियर यादवले बताए ।

बर्खाको समय हावाहुरी चल्ने, रुखका हाँगाले तार छुदाँ समेत विद्युत्तमा समस्या आइरहने, विद्युत्त ट्रिपिङ भएको भन्ने जनगुनासो बढेपछि त्यसलाई न्यूनीकरण गर्न ईन्सुलेसन तार परिवर्तन गर्न लागेको केन्द्रले जनाएको छ । करिब दुई साता दैनिक ४ घण्टा विद्युत काटेर लाइन मर्मत गर्दा काम सम्पन्न हुने केन्द्रको भनाइ छ । 

खाँदबारी नगरपालिका–९ तुम्लिङटारदेखि छ्याङकुटीसम्मको मुख्यलाइनको तार परिवर्तन गरिने भएकोले विद्युत अवरुद्ध गर्नुपर्ने बाध्यता भएको केन्द्रका प्रमुख ईन्जिनियर यादवको भनाइ छ । विद्युत्त मर्मतको काम हुने र विद्युत्त अवरुद्ध हुने बारेमा सरोकारवाला सबैलाई केन्द्रले सार्वजनिक जानकारी गराएको छ । 

खुल्ला तार हुँदा सामान्य पानी झरीमा समेत समस्या आउने गरेको, रुखको हाँगा, बाँस आदिले छुन जाँदा मात्र पनि विभिन्न समस्याहरु आउने गरेको छ । खुल्ला तार हटाई ईन्सुलेसन सहितको तार राख्दा त्यस्तो समस्या कम हुने विद्युत प्राधिकरण केन्द्रको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार