मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

कांग्रेस :
विशेष महाधिवेशनको पक्षमा उभिए संखुवासभाका युवा नेता उमेश चौहान

Sankhuwasabhapress 598+ समाचार ( )
३० कार्तिक २०८२, आइतबार

संखुवासभा । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग राखेर देशभर अभियान चलाई रहेका छन् । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि कांग्रेस रूपान्तरण र पुस्तान्तरणको मुद्वा उठाउँदै कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा विशेष महाधिवेशनको पक्षमा उभिएर अभियान चलाएका हुन् । 

उक्त अभियान पछि कांग्रेस विभिन्न पक्ष र विचारमा बाँडिएका छन् । कोही नियमित महाधिवेशन र कोही चुनाव पछि महाधिवेशन लगायत विभिन्न विचार र समुहमा कांग्रेस बाँडिए रहेको बेला  साँच्चिकै कांग्रेस बचाउने हो भने विशेष महाधिवेशन गर्नु पर्ने भन्दै संखुवासभाका युवा नेता उमेश चौहान खम्बा बनेर उभिएका छन् ।

शुक्रबार काठमाडौं स्थित अर्पणा बैङकेटमा कांग्रेसको विशेष महाधिवेशनको सन्दर्भमा आयोजित युवा भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस संखुवासभाका युवा नेता,  पूर्व क्षेत्रिय सभापति तथा महासमिति सदस्य उमेश चौहानले कांग्रेस बचाउने हो भने विशेष महाधिवेशन गर्नुपर्ने बताए । उनले भने,अहिलेको सन्दर्भमा महामन्त्रीद्वय थापा र शर्माको प्रस्ताव सबैले स्वीकारेर विशेष महाधिवेशनमा जानुपर्छ । जन-जन कांग्रेस, मन-मनमा कांग्रेस बनाउन महामन्त्रीद्वयको पक्षमा सबै उभिनुपर्छ । कांग्रेस एकढिक्का हुने समय आएको छ । संखुवासभाको कांग्रेस ८५ प्रतिशत विशेष महाधिवेशनको पक्षमा रहेको छ ।

गत प्रतिनिधिसभामा संखुवासभाबाट दिपक खड्का विजयी भएका थिए भने १० वटा स्थानीय तह रहेको संखुवासभामा खाँदबारी, पाँचखपन, चिचिला, सिलीचोङ, मकालु र सभापोखरी गाउँपालिका गरि ६ वटा स्थानीय तहमा विजयी बनेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार