मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

‘खाँदबारी रन-खुल्ला दौड प्रतियोगिता’ हुने

Sankhuwasabhapress 607+ समाचार ( )
१७ अशोज २०८०, बुधवार

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले ‘खाँदबारी रन-खुल्ला दौड प्रतियोगिता २०८०’ प्रतियोगिता हुने भएको छ ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी दिएको हो । उक्त पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव पूर्णकुमार गौली, पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरी, खाँदबारी नगरपालिका १ नम्बर वडा कार्यालयका वडाध्यक्ष निरन्जन श्रेष्ठ, क्लबका पदाधिकारी र विभिन्न मिडियामा कार्यरत पत्रकारहरु लगायतको उपस्थिती रहेको थियो ।

खाँदबारी युथ क्लबको आयोजनामा नेपालीहरुको महान चाड दशैंको अवसरमा यहि असोज २८ गते घटस्थापनाको दिन ‘खाँदबारी रन-खुल्ला दौड प्रतियोगिता २०८०’को आयोजना गरिएको खाँदबारी युथ क्लबका महासचिव सुरेन शाक्यले जानकारी दिए । बर्सेनि युथ क्लबले चाडपर्वको समयमा केही न केही कार्यक्रमहरु गर्दै आएको र त्यसैको निरन्तरता स्वरुप दिन ‘खाँदबारी रन-खुल्ला दौड प्रतियोगिता २०८०’को आयोजना गरिएको बताए ।

‘आन्तरिक पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मुल नारा सहित प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा तीन टिम सहभागी हुनेछन् । जसमा विभागीय पुरुष टिम, खुल्ला पुरुष टिम र महिला टिम गरि तीन टिम रहनेछन् । विभागिय पुरुष टिमका लागि खाँदबारी टुडिखेलबाट खाँदबारी–३ स्थीत ठुलोढुङ्गा पुगि लबिङ्गहिलको मार्ग हुँदै पुनः खाँदबारी टुडिखेल आईपुग्नुपर्नेछ । खुल्ला पुरुष टिमका लागि खाँदबारी टुडिखेल हुँदै खाँदबारी–३ स्थीत चेवा झर्ने बाटो पुगि लबिङ्ग हिलको मार्ग हुँदै पुनः खाँदबारी टुडिखेल र खुल्ला महिला टिमका लागि खाँदबारी–१ टुडिखेलबाट खाँदबारी–३ स्थीत लहरेबर पुगि पुनः लबिङ्गहिलको मार्ग हुँदै खाँदबारी टुडिखेल आईपुग्नुपर्ने क्लबले जनाएको छ । 

प्रतियोगिताका विजेताले ७/७ हजार रुपैया मेडल तथा प्रमाणपत्र, द्धितियले ५/५ हजार रुपैया मेडल तथा प्रमाणपत्र र ३/३ हजार रुपैया मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । क्लवका कार्यबाहक अध्यक्ष मुनहाङ्ग गुरुङको सभापतित्व भएको कार्यक्रम महासचिव सुरेन शाक्यले संचालन गरेका थिए ।

खाँदबारी युथ क्लव २०६१ सालमा स्थापना भएको हो । उक्त क्लबले खाँदबारीको पर्यटन प्रबद्र्धनका लागि नगरको सरसफाई, सुरक्षाका लागि सिसि क्यामेरा जडान र खेलकुद प्रतियोगिता साथै अन्य विभिन्न साँस्कृतिक तथा सामाजिक कार्यहरुको अगुवाई गर्दैआएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार