मुख्य समाचार
योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा |
मुख्य समाचार
योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा |

लेख/विचार :
योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय

Sankhuwasabhapress 606+ समाचार ( )
१० असार २०८३, मङ्गलबार
  • शंकर खनाल

 संखुवासभामा तामझामकासाथ खोलिएको विदुषी योगमाया हिमालयन आयुर्वेदिक विश्वबिद्यालयको अवस्था खुल्दा नखुल्दै दयनिय बन्दै गएको छ । 

 बिश्वभरका बिद्यार्थीहरुलाई आयूर्वेदको क्षेत्रमा अध्ययन गर्ने प्रमुख हवको रुपमा बिकास गर्ने उच्च लक्ष्य बोकेको यो विश्व बिद्यालय आज आफ्नै बोझले थिचिएको छ । आयुर्वेद योग, ध्यान, तथा बैकल्पिक चिकित्सा, जडीबुटीको अध्ययन, अनुसंधान, आयुर्वेदिक औषधि उत्पादन र आयुर्वेदतर्फ बैकल्पिक चिकित्सा प्रणाली स्थापनार्थ तथा सञ्चालन गर्ने र प्रतिस्प्रधि तथा दक्ष मानव स्रोत उत्पादन गरी मुलुकको समृद्धिमा विश्वभरका बिद्यार्थीको अनुसंधानको हब बनाउने मुख्य लक्ष्य लिएको बिश्व बिद्यालयका सबै लक्ष भूमरिमा परेकाछन् । 

विदूषि योगमायाको नाममा विश्व बिद्यालय खुल्दा योगमायाको आत्मामले पनि शान्ति पाएको महशुश गरेको हुनुपर्छ । तर,अहिले आफ्नो नामको विश्व बिद्यालय लक्ष्य हिन,गतिहिन बन्दा र आफ्नो नाम राजनीति बिकाउमा परेको अनुभूति गर्दा सायद आत्माले त्यतिनै दुखी अनुभूति गरेको हुनुपर्छ ।

विद्यालयलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा स्थापित गर्न पूर्व अध्यक्ष तथा संखृुवासभाका सांसद डा।अर्जुनकुमार कार्कीले सुरुवाती अवस्थादेखिनै ठुलो प्रयास गरेका थिए । 

उन्कै दृष्टिकोण र पहलका कारण यो केन्द्र विश्वकै विद्यार्थीको अनुसंधान थलो बन्ने आश पलाएको थियो । सांसदमा निर्वाचित भई सकेपछि पनि उन्ले संसदमा यो सस्थाको नाम पटक–पटक उच्चारण गर्दे राज्यको ध्यान खिच्न र प्राथमिकता दिन कुनै कसर बाँकी राखेनन् । तर, डा।कार्कीले संसद र नीतिगत तहमा विश्व विद्यालयका लागि जतिसुकै मरिहत्ते गरेपनि जिल्ला तहमा रहेका प्रशासनिक पदाधिकारीहरुको अकर्मणयताका कारण काममले गति लिन नसकेको स्थानीयको भनाई छ । 

अर्कातर्फ विश्व विद्यालयका निर्वतमान उपकुलपति डा। रमेश ढुंगेलले आश्वासनको पोको भने बाडी रहे । विश्वभरका विद्यार्थी यस बिद्यालयमा ल्याउँछौ भन्दै भाषण छाट्ने उन्को कार्यशैली भने ठ्याक्कै बिरालो बाँध्ने र श्राद्ध गर्ने जस्तै बनेको छ । डा।कार्की जस्ता लक्ष्य र उद्धेश्य बोकेका नेताले देखाएको बाटोमा हिड्न नसक्दा र काम भन्दा कुरा ठूला गर्ने प्रशासनिक प्रवृतिका कारण आज गौरवको यो आयोजना कोमामा पुग्दै छ । 

,यो विश्वविद्यालयको आफ्नै ७ सय रोपनि जमिन छ । खाँदबारीस्थित ढुंगेविसौनामा ५ सय रोपनी र भोजपुरको दिङ्लामा २ सय रोपनी जमिन यसको नाममा छ । तर, अचम्मको कुरा यो विशाल सम्राज्य हुँदा हुँदै यो विश्व विद्यालय खाँदबारीको सिरानमा रहेको किरण क्याम्पसमा शरणार्थी झै गुज्री रहेको छ । 

आफ्नो जग्गा छाडेर अन्य क्याम्पसबाट कसरी विश्व बिद्यालय सञ्चालन हुँदै आएको छ रु यस्तो हुँदासमेत निवर्तमान उपकुलपति डा। ढुंगेल र रजिष्ट्रार डम्बरध्वज चेम्जोङ लगायतका प्रशासनीक कर्मचारीलाई अलिकतिपनि लज्जाबोध नुहुनु लज्जास्पद् बिषय हो । लक्ष्य विश्व विद्यालय र संसारभरका विद्यार्थीको अनुसंधानको हव बनाउने तर, हैसियत एउटा सामान्य स्थानीय क्याम्पस जस्तो पनि बनाउन नसक्ने हो भने यसको के औचित्य भन्दै जनता प्रश्न गर्न थालेकाछन् । अभियान्ता मातृका तिम्सिना पनि विश्व विद्यालय पूर्र्ण रुपमा लथालिङ्ग र भताभुङ्ग भएको ठोकुवा गर्छन् । 

नीति नियम र विधि मिचेर जवरजस्ती सञ्चालनमा ल्याइएको यो संस्था तासको घर जस्तै ढल्न बेर नलाग्ने उन्को आशंका छ । यसले विदुषी योगमायाको नामकै बदनाम गराउने चिन्ता उन्ले व्यक्त गरे । 

यो कतिसम्म गैर जिम्मेवार छ भन्ने प्रमाण पाठ्यक्रम र बजेट हेरे पुग्छ । विश्व बिद्यालयको भविश्य र पाठ्यक्रम के हुने भन्ने अत्तोपत्तो छैन् । तर, हतार–हतार यसै बर्षदेखि पहिलो सेमेस्टरको पढाई हचुवाको भरमा सुरु गरिएको नाटक मञ्चन गरीए पनि दोस्रो सेमेस्टरको पाठ्यक्रम के हुने र कसरी सञ्चालन गर्ने भन्ने कार्यदिशा छैन् । निवर्तमान उपकुलपति डा।ढुंगेल भने सिलेवस विश्व विद्यालय अनुदान आयोगले स्वीकृत गरेको दाबी गर्छन । हतारमा कक्षा सञ्चालन गर्दा अहिले विश्व बिद्यालयमा पढ्ने स्थानीय विद्यार्थीलेसमेत भोलि मान्यता पाउनेकी नपाउने पनि अन्योलनै छ । 

 जबरजस्ती कक्षा सञ्चालन नगरेको भए यसै बर्ष खारेज हुन सक्ने भन्दै डा।ढुगेलले हतार– हतारमै कक्षा सञ्चालन गरेको बताए । कर्मचारीसमेत मनलाग्दी भर्ना गरीएको गुनासो जनताको छ भने कार्यकाल सकिए पनि आफन्त कर्मचारीलाई समेत पुनः नियुक्ति थमाइएको आरोप छ । जुन गुनासो शिक्षा मन्त्रालयसम्म पुगेको छ । 

त्यतिमात्र कहाँ हो र रु जडीबुडीको राजधानी मानिने संखुवासभाको यो विश्व विद्यालयकालागि सरकारले गत बर्ष २५ करोड रुपैयाको बजेट स्वीकृत गरेपनि फ्रिज हुँदा बिश्व बिद्यालयको काम गर्ने ढंग नपुगेको देखिन्छ । स्थानीय नेतृत्वको कार्य अक्षमता र योजनाविहिनताका कारण विश्व विद्यालयको यो अवस्था देख्दा बाँदरको हातमा नरिवल भन्ने उखान चरितार्थ भएको छ ।

यस्तो अवस्थामा गुज्रिएको विश्व बिद्यालयको सिनेट बैठक यहि असार ११ गते बस्ने योजना छ । सिनेट बैठकले यसलाई सकरात्मक ढंगले विश्व विद्यालयकै योजना अनुसार अगाडी बढाउनु पर्ने आवश्यकता छ । यता वर्तमान सांसद डा। कार्कीले सांसदमा निर्वाचित भए लगतै अध्यक्षबाट राजिनामा दिएसंगै देशविदेशका बिद्यार्थी आकर्षित गर्ने जुन मिठो सपना  देखाएर जग बसालिएको थियो त्यसलाई अहिलेका पदाधिकारीले बुझ्न नसक्दा यो विश्व विद्यालय केहि फुर्सदिला व्यक्तिहरुको क्लबमा परिणत हुँदै गएको बताइएको छ ।

नाम बिश्व बिद्यालयको दुहाई दिने र स्थानीय किरण क्याम्पस र बरुण क्याम्पस जस्तो हैसियतमा सञ्चालन गर्ने भए विश्व बिद्यालयको कुनै औचित्य छैन भन्ने जिल्लााबासीको भनाई छ । 

देश बिदेशका बिद्यार्थी ल्याउने मिठो नारा दिए पनि अहिले स्थानीय केहि फूर्सदिला व्यक्तिहरुको भरमा बिशव बिद्यालय खुम्चिनु पर्दा कुन दिन बन्द हुन्छ ठेगान नहुँदा स्थानियलाई दिएको मिठो नारा अमिलो त हुने हैन भन्ने आंशंका बढ्दै गएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार