मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |
मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |


संखुवासभा अस्पतालमा खरिद गरिएको लङड्री मेशिन प्रयोगविहिन : खरिदमा आर्थिक चलखेलको आशंका

Sankhuwasabhapress 607+ समाचार ( )
१२ अशोज २०८०, शुक्रबार

संखुवासभा । जिल्ला अस्पताल संखुवासभामा लामो समयदेखि लङड्री मेशिन (लुगा धुने र सुकाउने सहित) प्रयोगविहिन अवस्थामा रहेको छ भने मेशिन खरिद गर्दा समेत आर्थिक चलखेल भएको आशंका गरिएको छ ।

एकबर्ष अगाडी प्राविधिक रुपले फेल भएको मेशिन अहिले सोही मेशिन पास गरि जिल्ला अस्पतालले भुक्तानी गरेको छ । एउटै मेशिन अघिल्लो बर्ष फेल हुने र दोस्रो बर्ष कसरी पास भयो भनेर स्थानीयहरुले आशंका गरेका छन् । उनीहरुले आर्थिक चलखेलको आधारमा पुरानै मेशिनलाई मिल्ने गरी अस्पतालले सार्वजनिक सुचनामा स्पेशिकेसन निकाली अस्पतालले खरिद गरेको आशंका गरेका छन् । 

जिल्ला अस्पतालले आर्थिक बर्ष २०७८-०७९ मा मिति २०७९ जेठ ५ गते राष्ट्रिय दैनिक पत्रिकामा सुचना निकालेर मेशिन माग गरेका थिए । १५ केजीको लङड्री मेशिन (लुगा धुने र सुकाउने सहित) सहितको मेशिन १७ लाख ५० हजार रुपैयामा खरिद गर्ने भनेर राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक सुचना निकालेका थिए । त्यतिबेला धरानको निकी डिष्ट्रीब्यूटर्सले हालेको टेन्डर स्वीकृत भएको थियो । तर, निकी डिष्ट्रीब्यूटर्सले माग अनुसारको सामान नदिएको भन्र्दै बायोइन्जिनियरले अस्वीकृत गरेका थिए । त्यसपछि त्यो मेशिन खाँदबारीमा नै थन्किएर बसेको थियो । तर, अहिले पुनः सोही मेशिनको स्पेशिकेसन अनुसार सुचना गुपचुप रुपमा निकालेर मेशिन स्वीकृत गरि भुक्तानी समेत गरेको पाइएको हो ।

उक्त मेशिन खरिदको पछिल्लो समय सुचना न जिल्ला अस्पतालको वेभसाइट छ, नत अस्पतालको फेसबुक पेज कतै राखिएको छ । अहिले सो सुचना प्रशासन शाखामा फायलिङ्ग गरेको बाहेक बाहिर कतै भेटिदैन् । अस्पतालले मिलेमतोमा गुपचुप गरि सोही मेशिन स्वीकृत गरि भुक्तानी दिइएको हो । सुचना बाहिर कतै ननिकालेको र निकी डिष्ट्रीब्यूटर्सलाई मिल्ने गरि सुचना निकाली उनैलाई मात्रै जानकारी दिइएकाले अरु कुनै फर्मले टेन्डर नै हाल्न नपाएको गुनासो गरेका छन् । 

अस्पतालले खरिद गरेको मेशिन अस्पतालमा एक बर्षदेखि प्रयोगविहिन अवस्थामा छ । अस्पतालमा दिनहुँ धेरै बेडकभर लगायतका लुगाकपडाहरु धुनु पर्ने भएकाले आवश्यकताको महसुस गरि लङ्ड्री मेशिन खरिद गरिएको हो तर प्रयोगमा चाँही आएको छैन् । उक्त मेशिन एकबर्ष देखि अस्पतालकै अगाडी एक स्थानीयको घरमा राखिएको छ । अस्पतालले लाखौ रुपैया खर्चेर खरिद गरी ल्याएको मेशिन प्रयोगमा नआएपछि स्थानीयहरुले चासो देखाएका छन् । स्थानीयहरु भन्छन्—‘अस्पतालले लाखौ रुपैया खर्चेर ल्याएको मेशिन किन प्रयोग नगरेको हो, आवश्यकता थिएन भने किन खरिद गरेको होला, केही बुझन सकिएन ।’ 

गतबर्ष नै फेल भएको मेशिन, योबर्ष सोही मेशिन किन खरिद गरियो भन्ने गम्भीर प्रश्न उब्जिएको उनीहरुको भनाइ छ । यदि मेशिन फेल नभएको भए खरिद गरेर पनि एकबर्ष सम्म किन प्रयोगमा ल्याइएन भन्ने चौतर्फी आलोचना हुन थालेको छ । कतै ब्यापारी र अस्पताल प्रशासन बीच मिलेमतोमा खरिद गरिएको होकी भन्ने चौतर्फी चर्चा हुन थालेको छ ।


                                 जिल्ला अस्पतालले खरिद गरि थन्काएर राखेको लङ्ड्री मेशिन ।

जिल्ला अस्पताल संखुवासभाका निमित्त मेडिकल सुपरीटेन्डेड डा.प्रनाम जयरुले नियमित प्रक्रिया अनुसार नै सुचना सार्वजनिक गरी मेशिन खरिद गरिएको दावी गरे । उनले पुरानो भवनमा ठाउँ अभाव भएको, थ्रिफेज लाइन जडान गर्न बाँकी रहेको र नयाँ भवन निर्माण सम्पन्न हुने बित्तिकै मेशिन सो भवनमा राखिने बताए । उक्त मेशिन खरिद गर्न कोशी प्रदेश सरकारबाट बजेट आएको थियो ।

यता, जिल्ला अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले गतबर्ष ल्याएको लङ्ड्री मेशिन टेक्निकल रुपमा फेल भएको र अहिले नयाँ टेन्डर गरि मेशिन खरिद गरिएको हुन सक्ने बताए । ‘पुरानो मेशिन होइन होला, टेन्डर अनुसार नयाँ मेशिन ल्याएको हुनपर्छ तर यस बिषयमा म एकिन छैन् । मेसुलाई सोध्नुस् ।’

जिल्लाको एक मात्रै ५० बेडको अस्पताल ०३३ सालमा स्थापना भएको हो । नयाँ भवन निर्माणधीन रहेकाले पुरानै भवनबाट सेवाप्रवाह गरिरहेको छ । अस्पतालमा बिरामीको चाप समेत बाक्लो हुने गरेको छ । 


प्रतिक्रिया

भरत याक्खा १२ अशोज २०८०, शुक्रबार

जिल्ला अस्पताल जस्ताे प्रत्येक्ष जनताकाे स्वास्थ्यमा काम गर्ने संस्थाले यस्ताे गलत काम नगर्नु पर्ने हाे। यदि याे समचार सहि हाे भने आर्थिक चलखेल गर्ने कर्मचारी र पैसा खुवाउने कम्पनि दुवैलाई कडा भन्दा कडा कार्वाही गर्नु पर्छ।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार