मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

मेरो भोइस युनिभर्सका फाइनलिष्ट परेश राई जिताऔं
संखुवासभा समाज हङकङद्वारा परेशलाई १ लाख ८५ हजार सहयोग

Sankhuwasabhapress 628+ समाचार ( )
३२ श्रावण २०८०, बिहीबार

संखुवासभा। संखुवासभा समाज हङकङद्वारा ‘मेरो भोइस युनिभर्स’ का फाइनलिष्ट परेश राईलाई भोटिङका लागि एक लाख ८५ हजार रुपियाँ सहयोग गरेको छ ।

बिहिबार संखुवासभा समाज हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठानले खाँदबारीमा एक कार्यक्रममा सो रकम ‘परेश राई जिताऔं अभियान’ खाँदबारीका प्रतिनिधीलाई रकम हस्तान्तरण गरेको हो । 

प्रतिष्ठानका अध्यक्ष टिकाराम गुरुङले अभियानका खाँदबारी प्रतिनिधी खेवाहाङ मेवाहाङलाई रकम हस्तान्तरण गरेको हो । ३७ हजार भोट बराबरको रकम समाजको तर्फबाट हङकङमा रहेका संखुवासभालीबाट संकलित रकम उपलब्ध गराएको हो । हङकङमा रहेका ६२ जनाबाट संकलित १० हजार ७०७ हङकङ डलर रकम उपलब्ध गराएको प्रतिष्ठानका अध्यक्ष गुरुङले जानकारी दिए ।

समाजको कोषबाट २ हजार डलर र अन्यबाट रकम संकलन भएको संखुवासभा समाज हङकङका अध्यक्ष लिलाबहादुर गुरुङले जानकारी दिए । उनको अनुसार, हङकङमा नरमायाँ गुरुङ, भविना गुरुङ, मेञ्जिला गुरुङ, सुस्मा गुरुङ र मनिषा गुरुङ (पञ्चु)को नेतृत्वमा रकम संकलन भएको हो । गत १३ अगष्टमा सम्पन्न संखुवासभा हङकङ समावको १०औं अधिवेशनबाट रकम संकलन गरिएको थियो । 

पत्रकार महासंघ संखुवासभाको हलमा आयोजना भएको रकम हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका अध्यक्षसहित सदस्यहरु, महासंघ अध्यक्ष इन्द्रकुमार गिरीसहित पत्रकारहरु र जिताउँ अभियानका अभियानताहरुको उपस्थिती रहेको थियो । 

अभियानका प्रतिनिधी मेवाहाङले समयभित्र नै संकलन भएको रकमबाट भोट गरिसक्ने बताए । खाँदबारीको अभियानमा हालसम्म फाइनलका लागि ३ लाख ४० हजार रकम संकलन भई सकेको र हालपनि हुँदै गरेको जानकारी दिए ।

  • को हुन् परेश राई ?

संखुवासभा जिल्लाको चैनपुर नगरपालिका-१० ईकुम्बामा जन्मिएका परेशले खराङ स्थित सारदा मा.वि.बाट एसएलसी उत्तिर्ण गरे । २०६९ मा एस.एल.सी. सकेपछि धरान गएर मानविकी संकायबाट दश जोड दुई उत्तिर्ण गरे ।

सानै उमेरदेखि गीत संगीतमा रुचि रहेको परेशले विद्यालय उमेरदेखि नै विभिन्न सानातिना कार्यक्रमहरुमा सहभागीता जनाउँदै आएका थिए । धरानमा संगीत विषय पढ्न नपाएपछि  काठ्माण्डौ हानिएका उनी काठ्माण्डौ स्थित मातातिर्थ क्षेत्रमा दिदिको घरमा बसेर उनले आर.आर. क्याम्पसमा संगीत विषय अध्ययन गरिरहेका छन् । 

अहिले उनी संगीत विषयको तेश्रो बर्षमा अध्ययनरत छन् । २४ बर्षिय परेश चार दाजु र चार दिदिका कान्छो भाई हुन् । सुरु-सुरुमा सानातिना कार्यक्रमहरुमा भाग लिँदै गरेका उनी २०७१ मा रेडियो नेपालले आयोजना गरेको खुल्ला आधुनिक गीत प्रतियोगितामा पुर्वाञ्चल विजेता बने भने अर्को गायन रियालिटी सो भोईस अफ नेपालको पछिल्लो सिजनमा नकाउट चरणबाट बाहिरिएका थिए ।

सहयोगी दाताहरुको नामावली :

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार