मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |
मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

खाँदबारी रंगशाला :
पत्रकार महासंघको अगुवाईमा खाँदबारी रंगशालाको अनुगमन (भिडियो सहित)

Sankhuwasabhapress 628+ समाचार ( )
३ जेठ २०८२, शुक्रबार

संखुवासभा । जिल्लाकै मुटुमा रहेको खाँदबारी रंगशालाको सरोकारवालाहरुले विहीबार अनुगमन गरेका छन् ।

खाँदबारी नगरपालिका–७ स्थित रहेको खाँदबारी रंगशालाको सरोकारवाला सर्वपक्षीय टोलीद्धारा अनुगमन गरिएको हो । नेपाल पत्रकार महासंघको अगुवाईमा जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, खाँदबारी युथ क्लवका अध्यक्ष सुरेन शाक्य, पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य लगायत पत्रकारहरु र खाँदबारी नगरपालिकाका कार्यपालिका सदस्य, वडासदस्य तथा स्थानीय ७ नं. वडाका जनप्रतिनिधीहरुको उपस्थितीमा अवलोकन र अनुगमन गरिएको हो ।

खाँदबारी–७ मा रहेको उक्त खेल मैदानको स्तरोन्नतीका लागि खाँदबारी नगरपालिकाले रु १ करोड र कोशी प्रदेश सरकारको रु १ करोड गरि दुई करोडको लगानीमा स्तरोन्नतिको काम भईरहेको खाँदबारी नगरपालिकाका प्राविधिक रुद्र घिमिरेले जानकारी दिए । उनले चैत्रमा संम्झौता भएको योजना असारमसान्त भित्र सम्पन्न गर्ने गरि काम अघि बढेको बताए ।

२०५४ सालमा खाँदबारी नगरपालिकाका पहिलो मेयर स्वर्गीय किरण शाक्यको कार्यकालमा खरिद गरिएको उक्त खेल ग्राउण्डको स्तरोन्नती गरि पूर्ण मापदण्डको खेल ग्राउण्ड निर्माणका लागि स्थानीय खाँदबारी युथ क्लव र तिनपोखरी युवा क्लवका युवाहरुले बिषेस चासो देखाउँदै आएका छन् । 

स्तरोन्नती हुँदै गरेको उक्त खेल ग्राउण्डलाई थप ब्यवस्थित गर्न र खेल क्षेत्रको बिकास मार्फत खेल पर्यटनको प्रवर्धनमा खेलप्रेमी युवाहरुले गरेको खवरदारी प्रशंसनीय रहेको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए । उनले एक पटक निर्माण भईसकेको संरचना पुनः भत्काउन लामो समय लाग्ने भएकाले दीर्घकालिन सोच र योजनाका साथ निर्माण कार्य गर्नूृपर्ने सुझाव दिँदै खेलग्राउण्डमा निर्माण भईरहेको प्याराफिटलाई थप आकर्षक र गुणस्तरीय बनाउन निर्माण ब्यवसायी र प्राविधिकलाई निर्देशन दिए ।

त्यसैगरि खाँदबारी नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक महेश्वरा श्रेष्ठ बज्राचार्यले आफुपनि खेल क्षेत्रमै समर्पित ब्यक्ति भएकाले खेल ग्राउण्ड स्तरोन्नतीको कार्यलाई बिशेष चासोका साथ निगरानी गरिरहेको बताईन् । स्थानीय युवाहरुले खेलग्राउण्डको निर्माण कार्यमा विशेष खवरदारी गरिरहेकोमा आफुलाई खुशी लागेको उनको भनाइ थियो ।

जिल्ला प्रशासन कार्यालय संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे र संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेतले खेलग्राउण्ड मुनी रहेको केही जग्गा खरिद गर्न आवश्यक रहेको सुझाव दिएका थिए ।

खाँदबारी युथ क्लवका अध्यक्ष सुरेन शाक्यले स्तरोन्नतीको कामलाई थप आकर्षक, गुणस्तरीय र पूर्ण मापदण्ड सहित सम्पन्न गर्न खाँदबारी युथ क्लव र तिनपोखरी युवा क्लव मात्रै नभएर सबै सरोकारवालाहरुको बिषेश निगरानी आवश्यक भएकोमा जोड दिए ।

खाँदबारी नगरपालिकाका प्राविधिक रुद्र घिमिरेले स्तरोन्नतीको कामलाई तीब्रता दिई समयमै काम सम्पन्न गर्ने र सर्बपक्षीय अनुगमन टोलीको सुझाव अनुसार डे«नको केही भागलाई पर सारेर भित्तापटिको केही भाग पुननिर्माण गरि थप गुणस्तरीय र आकर्षक बनाउने प्रतिवद्धता जनाएका थिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले पत्रकार महासंघको अगुवाईमा गरिएको खेल मैदान अनुगमन निरिक्षणमा महत्वपूर्ण राय सल्लाह सुझाव दिने सबै सहभागीहरुलाई धन्यबाद ज्ञापन गरेका थिए । पत्रकार महासंघले यसअघि बसपार्क सरसफाई लगायत विभिन्न जनसरोकारका बिषयहरुमा अगुवाई गर्दै आएको छ ।

vedio link : https://www.youtube.com/watch?v=bLW0hCSc3V0&t=8s



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार