मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

सभापोखरी –६ बाह्रबिसे
सभापोखरी आगलागि पिडीतलाई तरुण दल सभापोखरीद्धारा पौने पाँच लाख सहयोग

Sankhuwasabhapress 607+ समाचार ( )
१५ माघ २०८१, मङ्गलबार

संखुवासभा । जिल्लाको सभापोखरी गाउँपालिका–६ बाह्रबिसे बजारमा गत माघ २ गते भएको आगलागि पिडीत पाँच घरपरिवारलाई तरुण दल सभापोखरीले पौने पाँच लाख रुपैया सहयोग गरेको छ ।

नेपाली कांग्रेसका भाृतसंगठन तरुण दल सभापोखरीले विभिन्न ब्यक्तिहरुसँग सहयोग रकम संकलन गरि सोमबार एक कार्यक्रम बीच सहयोग रकम हस्तान्तरण गरेको हो । नेपाली कांग्रेसको सय दिने सांगठानिक अभियानको क्रममा बाह्रविसे पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले सभापोखरी गाउँपालिकाका अध्यक्ष भीमबहादुर लिम्बू र उपाध्यक्ष लक्ष्मी चापागाईलाई ४ लाख ८७ हजार ४४७ रुपैया रकम हस्तान्तरण गरेको नेपाली कांग्रेसका सभापोखरी गाउँपालिका सचिव विश्वनाथ राईले बताए ।

सभापोखरी आगलागि पिडीत राहत संकलन समितिका सल्लाहकार विवेक घलेले दुःखको समयमा धेरै जना मनकारी सहयोगी दाताहरुबाट रकम संकलन गरि गाउँपालिकालाई हस्तान्तरण गरेको बताए । उनको अनुसार, आगलागि भएका चार वटा घरका घरमुलीहरुलाई क्रमशः निर्मला तामाङ्ग (कालाखेती) आमा र सुशील तामाङ्ग (छोरा)लाई कुल १ लाख ३२ हजार ५ सय रुपैया, अमृता राईलाई ९२ हजार रुपैया, लालबहादुर लिम्बूलाई ९२ हजार र रामबहादुर राईलाई ९२ हजार रुपैया वितरण गरिएको थियो । 

त्यसैगरि ति घरमा भाडा गरि बस्ने उर्मिला लिम्बूलाई १५ हजार रुपैया, अनुष्का लिम्बूलाई १५ हजार, गिता लिम्बूलाई १५ हजार रुपैया, सलबहादुर लिम्बू १५ हजार रुपैया, रिमिक्सा लिम्बूलाई १४ हजार ५५ रुपौ र दिनेश भट्टराईलाई ६ हजार रुपैया वितरण गरेको घलेले बताए । 

घरमा अचानक आगलागि भएपछि बाह्रबिसेमा पाँच घर जलेर नष्ट भएको थियो । आगलागिबाट करिब डेढ करोड रुपैयाको क्षति भएको थियो । पिडीतहरुलाई सभापोखरी गाउँपालिका, जिल्ला विपद् ब्यबस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी, अलैंची ब्याबसायी संघ, संखुवासभा उद्योग वाणिज्य संघ लगायतले सहयोग हस्तान्तरण गरिसकेको छ । 

उनीहरुको स्थायी बसोबासका लागि गाउँपालिका जुटिरहेको सभापोखरी गाउँपालिकाका अध्यक्ष भीमबहादुर लिम्बूको भनाइ छ ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति रामकुमार जिमी, जिल्ला सचिव टकमान घले, कांग्रेस प्रदेश सदस्य राजेन्द्र घले, कांग्रेस संखुवासभाका निवर्तमान सभापति दिपनकुमार श्रेष्ठ, क्षेत्रिय सभापति दिपक थक्लुङ्ग लगायत कांग्रेस नेताहरु कार्यक्रममा उपस्थित रहेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार