मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

वाणिज्य संघ :
संखुवासभाका जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य सहित पाँच जना ब्यावसायी सम्मानित

Sankhuwasabhapress 628+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

संखुवासभा । संखुवासभाका जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य सहित पाँच जना ब्यावसायी सम्मानित भएका छन् । 

मंगलबार संखुवासभा उद्योग वाणिज्य संघको १६ औं बार्षिक साधारणसभाको अवसरमा संघमा आवद्ध ६ जना ब्याबसायीहरुलाई खादा माला सहित सम्मानपत्रद्धारा सम्मान गरिएको हो । 

जिल्ला समन्वय समिति संखुवासभाको प्रमुखमा दोस्रो पटक निर्वाचीत भएकाले सुमन शाक्यलाई सम्मान गरिएको थियो भने वाणिज्य संघको संस्थापक अध्यक्ष तथा नेत्रज्योती संघको कोशी प्रदेश अध्यक्षमा निर्वाचीत भएका श्यामसुन्दर उदासलाई सम्मान गरिएको थियो ।

त्यसैगरि होटल ब्याबसायी संघको कोशी प्रदेश सदस्यमा निर्वाचीत राजिव श्रेष्ठ, भलिवल संघको केन्द्रीय सदस्यमा निर्वाचीत भएका प्रविण श्रेष्ठ, मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय सदस्यमा निर्वाचीत निर्मला गुरुङ र मोवाइल ब्याबसायी संघको केन्द्रीय सदस्यमा निर्वाचीत कृष्णराज पुरीलाई वार्षिक साधारणसभाको अवसरमा सम्मान गरिएको संखुवासभा उद्योग वाणिज्य संघका महासचिव सरोजकुमार बज्राचार्यले बताए ।

उनले संघमा आवद्ध ब्याबसायीहरु जिल्ला भन्दा माथिल्लो तहमा निर्वाचीत भएकाले बधाई शुभकामनाका साथै सम्मान गरिएको बताए । 

‘संखुवासभाको विकासको आधार, कृषि, पर्यटन जलस्रोत, उद्योग र ब्यापार : उद्योगी ब्यापारीहरुको चाहाना समुन्नत जिल्लाको कामना’ भन्ने नारासहित संखुवासभाका उद्योगी ब्यापारीहरु एकतामा बाँधिएका छन् ।

संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधानको अध्यक्षतामा भएको कार्यक्रम महासचिव सरोजकुमार बज्राचार्यले संचालन गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार