मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

हिमालय किरणपब्लिक क्याम्पसको बहुउद्धेश्यीय भवन हस्तान्तरण

Sankhuwasabhapress 628+ समाचार ( )
२ कार्तिक २०८०, बिहीबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–७ नयाँबजार स्थित रहेको हिमालय किरणपब्लिक क्याम्पसको बहुउद्धेश्यीय भवन उद्घाटन गरि हस्तान्तरण गरिएको छ ।

बुधबार सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाद्धारा आयोजित कार्यक्रममा नवनिर्मित भवनको उद्घाटन गरि हस्तान्तरण गरिएको हो । उक्त भवनको प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले उद्घाटन गरेका थिए । 

सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाको आयोजना प्रमुख सुमन मिश्रले खाँदबारी नगरपालिकाका मेयर महेश थपलियालाई सो भवन औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् । हिमालय क्याम्पसको भवन भएपनि स्थानीय सरकारको जिम्मेवारी रहने भएकाले आयोजनाले खाँदबारी नगरपालिकालाई हस्तान्तरण गरेको हो । 

अरुणबरुण निर्माणसेवा कम्पनीले भवनको जिम्मा लिएको थियो । भ्याट सहित २ करोड ६४ लाख ७४ हजार ९६१ रुपैयाको लागतमा बनेको उक्त भवन तीन तले रहेको छ भने ८ वटा कोठा र एउटा हल छ । २०७९ साल बैशाख २ गते संम्झौता भई २०८० भदौ मसान्तमा निर्माण सम्पन्न भएको हो । संम्झौता अनुसार तोकीएको समयमा नै काम सम्पन्न गरि क्याम्पसलाई हस्तान्तरण गरेको अरुणबरुण निर्माणसेवा कम्पनीका प्रबन्ध निर्देशक मिगुर शेर्पाले बताए । 

भवनको बहुउद्धेश्य हुने ढंगले निर्माण गरिएको बताउर्दै क्याम्पसमा आवश्यकता अनुसार भौतिक संरचनाहरु थप गर्ने क्रममा एउटा भवन थपिएको हिमालय किरण पब्लिक क्याम्पसका प्रमुख डा.मातृकाप्रसाद तिम्सिनाले बताए । 

उक्त क्याम्पसमा स्नातकोत्तर तह सम्म पठनपाठन हुने गर्दछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार