मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |
मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

तमू ल्होसार :
तमू ल्होसारको अवसरमा संखुवासभा रोधी समाजद्धारा शुभकामना आदानप्रदान

Sankhuwasabhapress 607+ समाचार ( )
२२ पौष २०८०, आइतबार

संखुवासभा । तमू समुदायको महान साँस्कृतिक पर्व २६०७ औं तमू ल्होसारको अवसरमा संखुवासभा रोधी समाजले रोधी बारे जानकारी र भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

शनिबार सरदमुकाम खाँदबारीमा रोधी समाजले कार्यक्रम आयोजना गरेको हो । तमू ल्होसार विरालो वर्गलाई विदाई गर्दै गरुड वर्गको स्वागतमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथीद्धय समाजसेवी तथा संखुवासभा समाज हङकङका पूर्वअध्यक्ष कर्ण कोरङ्गी र पर्यटन ब्याबसायी तथा विश्वको ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गर्ने किर्तिमार्नी मिङ्मा शेर्पाले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । त्यसैगरि बयबृद्ध ९३ बर्षीय कुलबहादुर गुरुङले मुलबत्ती बालेर उद्घाटन गरेका थिए । 

 रोधी भनेको विशेषतः गुरुङ जातिमा प्रचलित, राति निश्चित ठाउँमा ठिटा–ठिटीहरू भेला भएर गीत गाउने, ख्यालठट्टा गर्ने मनोरञ्जक कार्यक्रमलाई रोधी भनिन्छ भने एउटा निश्चित घर अथवा ठाउँमा भेला भई गीत गाउने र मनोरञ्जन गर्ने भएकाले रोधीघर भन्ने चलन छ । 

रोधी भन्ने बित्तिकै मनोरञ्जनको पर्यायवाची शब्द जस्तै भएको रोधी समाजका महासचिव तथा कार्यक्रम संचालन छिरिङ शेर्पाले बताए । उनले रोधीमा सम्मानजनक रुपमा मायाँ प्रेमको कुराकानी हुने र मनोरञ्जन थलोको रुपमा विकास भएको बताए । 

त्यसैगरि कार्यक्रममा गत ०७९ सालको स्थानीय तहमा निर्वाचीत तमू समुदायका जनप्रतिनिधीहरुलाई समेत सम्मान गर्ने कार्यक्रम अन्तर्गत खाँदबारी नगरपालिका–११ का वडा सदस्य लिला घलेलाई दोसल्लाद्धारा सम्मान गरिएको थियो । सबै निर्वाचीत जनप्रतिनिधीहरु उपस्थिती भएनन् । त्यसैगरि कार्यक्रममा ९३ बर्षीय बयबृद्ध कुलबहादुर गुरुङलाई दोसल्ला र भ्याङग्रा लगाएर सुस्वस्थ्य तथा दीर्घायुको कामना गर्दै रोधी समाजद्धारा सम्मान गरेको थियो । 

कार्यक्रममा प्रमुख अतिथी कर्ण कोरङ्गीले ल्होसार पर्वको युवा पुस्ताले संरक्षण गर्नुपर्नेमा जोड दिर्दै विदेशी भूमिमा रहेपनि आफ्नो जातीय चाडपर्व, रीतिरिवाज र धर्मसंस्कृतिहरु विर्सन नहुने बताए । उनले आफ्नो रीतिरिवाज, चाडपर्व र धर्मसंस्कृति विर्सिए मानिसहरु पलायन हुने धारणा राखे । कार्यक्रमका अर्का अतिथी मिङ्मा शेर्पाले सबैलाई ल्होसारको शुभकामना दिए । 

 कार्यक्रममा रोधी समाजका सल्लाहकार तथा अधिवक्ता भविश्वर गुरुङले तमू समुदायले विगत देखि नै ल्होसार पर्व मनाउर्दै आएको र यसैको निरन्तरता मात्रै भएको बताए । 

कार्यक्रममा एकदर्जनको हाराहारीमा स्थानीय भाइबैनीहरुले गीत नाच समेत प्रस्तुत गरेका थिए । गीत नाचले कार्यक्रममा आकर्षण थपेको थियो । कार्यक्रममा तमू समुदायका मानिसहरु जातीय पोशाकमा उपस्थित भएका थिए भने कुलुङ समुदायका दिदिबैनीहरुको सहभागीता रहेको थियो । 

कार्यक्रममा गत तिहार भाइटिकाको दिन घर आगलागी भएर समस्यामा परेकी खाँदबारी–१ देवकोटा चौक आर्मीक्याम्प मुनीका सुखमायाँ राई र खाँदबारी–१० चन्द्रमायाँ मोक्तानलाई कार्यक्रमका अतिथीहरु मिङ्मा शेर्पाले नगद १०/१० हजार र कर्ण कोरङ्गीले ५/५ हजार रुपैया सहयोग हस्तान्तरण समेत गरेका थिए । अतिथीद्धय गुरुङ र शेर्पाले कार्यक्रम सफल पार्न नगद २०/२० हजार रुपैया रोधी समाजलाई हस्तान्तरण गरेका थिए । 

रोधी गुरुङ समुदायको भएपनि त्यहाँ अन्य जातिहरु समेत सहभागी हुन सकिने भएकाले रोधी समाज सबै जातजाति र भाषाभाषीहरुलाई समेटिएर गठन गरिएको जनाएको छ । चार बर्ष अघि संखुवासभा रोधी समाजको स्थापना गरिएको कोषाध्यक्ष रिता गुरुङले स्वागत मन्तब्य राख्र्दै जानकारी दिइन् । रोधी समाजले जिल्लाका केही ठाउँमा रोधी समिति विस्तार भएको र अन्य ठाउँहरु बिस्तार गर्ने क्रममा रहेको जानकारी दिइयो । 

कार्यक्रम रोधी समाजका कार्यवहाक अध्यक्ष शान्ता गुरुङको अध्यक्षतामा संचालन भएको थियो भने संचालन महासचिव छिरिङ शेर्पाले गरेका थिए । रोधी समाजले यसअघि पनि खाँदबारी–३ मानेभञ्जाङ्गमा बृहत साँगितिक कार्यक्रमको आयोजना गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार