मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

भलिवल :
सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू

Sankhuwasabhapress 628+ समाचार ( )
६ वैशाख २०८३, शनिबार

संखुवासभा । संखुवासभाको सिलीचोङ गाउँपालिकाले आयोजना गरेको ‘सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता’ आज देखि शुरू हुने भएको छ ।

आज (शनिबार) दिउँसो १२ बजे सिलीचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले एक समारोह बीच प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नयाँ बर्ष २०८३ सालको अवसरमा आयोजित प्रतियोगिता बैशाख १ देखि ६ गते सम्म गर्ने तयारी रहेपनि विविध प्राविधिक कारणले सारिएको र आज (५ गते शनिबार) देखि ८ गते समापन गर्ने गरि प्रतियोगिता शुरुवात गरिएको सिलीचोङ गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष खेवाहाङ मेवाहाङले जानकारी दिए । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।

प्रतियोगितामा संखुवासभा,  भोजपुर र झापा गरि ३ जिल्लाको ९ टिमले प्रतिस्पर्धा गर्ने भएको छ । आयोजक सिलीचोङ गाउँपालिका, चिचिला गाउँपालिका, कन्काई नगरपालिका झापा, पाँचखपन नगरपालिका, सभापोखरी गाउँपालिका, मकालु गाउँपालिका, साल्पाशिलिछो गाउँपालिका भोजपुर, षडानन्द नगरपालिका भोजपुर र चैनपुर नगरपालिकाले सहभागीता जनाएका छन् ।

प्रतियोगिताको विजेताले नगद रु. २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । तृतीय र सान्तवनाले क्रमशः नगद ३५ हजार रुपैया र २५ हजार रुपैया प्राप्त गर्नेछन् । त्यसैगरि सर्वोकृष्ट खेलाडी, उत्कष्ट स्पाइकर, ब्लकर, सेटर र लिबेरो सर्वर र म्यान अफ दी म्याचलाई जनही पुरस्कृत गरिनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार