मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ्ग
आठौं अरुणभ्याली फुटबलको तयारी अन्तिम चरणमा

Sankhuwasabhapress 628+ समाचार ( )
१७ कार्तिक २०८०, शुक्रबार

संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ्गमा आयोजना हुने आठौं अरुणभ्याली आमन्त्रित फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

एड्भान्स क्लव मानेभञ्ज्याङ्गको आयोजनामा यहि कात्तिक २० देखि २४ गते सम्म आयोजना हुने आठौं अरुणभ्याली फुटबल प्रतियोगितामा आमन्त्रित १२ वटा क्लबले सहभागीता जनाउनेछन् । 

स्थानीय महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिताको आयोजना गरिने र सो प्रतियोगितामा जिल्ला भित्र र बाहिरका नाम चलेका १२ वटा क्लबहरु एड्भान्स क्लब मानेभञ्ज्याङ्ग (आयोजक), लोहोरुङ क्लव पाङ्मा, खाँदबारी युथ क्लव खाँदबारी, फे्रन्ड्स क्लव तुम्लिङटार, मिर्मिरे युवा क्लव तामाफोक, अरुण एड्भान्स क्लव काठमाण्डौ, सेकाहा सामुदायिक क्लव सेकाहा, सित्तलपाटी फुटबल क्लब सित्तलपाटी, कोसी प्रदेश प्रहरी टिम, तीनपोखरी क्लव खाँदबारी, पञ्चकन्या क्लव धर्मदेवी र सभापोखरी फुटबल क्लव सभापोखरीको सहभागिता रहने एड्भान्स क्लवका अध्यक्ष जिल्लामान राईले जानकारी दिए । बर्सेनि दशै र तिहारको बीचमा क्लबले प्रतियोगिता संचालन गर्दै आएको र त्यसैको निरन्तरता स्वरुप प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष राईको भनाइ छ । यो प्रतियोगिता जिल्लाकै प्रतिष्ठित प्रतियोगिता समेत हो । 

प्रतियोगिताको विजेताले नगद २ लाख, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले १ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । अन्य प्रतियोगीहरुलाई सहभागीताको आधारमा ब्यवस्थापन खर्च उपलब्ध आयोजकको भनाइ छ । 

प्रतियोगितालाई ब्याबसायिक बनाउन आयोजकले टिकट विक्री गर्ने भएका छन् । जिल्लामा नै पहिलो फुटबल प्रतियोगिता टिकट काटेर हेर्ने ब्यबस्था गरिएको छ । खेलमैदान परिसरमा अस्थायी स्टेडियम निर्माण गर्ने र लागत सहभागीलाई मात्रै प्रवेश गराइने अध्यक्ष राईले बताए । प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

प्रतियोगिताको उद्घाटन र समापन कार्यक्रममा साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार