मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

#दिपक खड्का
संखुवासभाका दिपक खड्का ऊर्जा मन्त्री बने

Sankhuwasabhapress 628+ समाचार ( )
१ श्रावण २०८१, मङ्गलबार

संखुवासभा । संखुवासभाबाट निर्वाचीत प्रतिनिधी सभाका साँसद दिपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त भएका छन् । 

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलमा कांग्रेसको तर्फबाट मन्त्री बनेका हुन् । संखुवासभाको एकमात्रै प्रतिनिधीसभामा एमालेका राजेन्द्र गौतमलाई हराउदै साँसद बनेका थिए । यसअघि पनि ०७० सालमा खड्का खानेपानी तथा सरसफाई राज्यमन्त्री बनेका हुन् ।

संखुवासभाबाट दुई पटक साँसदमा निर्वाचीत बने भने दुई पटक नै मन्त्री समेत बन्न सफल भएका छन् । खड्का जलविद्युत्त प्रवर्धकको रुपमा समेत आफ्नो छवि बनाएका छन् । उनको स्थायी घर धर्मदेवी नगरपालिकाको आखिँभुई हो । 

ऊर्जा र सिँचाइ दुवैलाई समानान्तर रूपमा अगाडि बढाउँछु : मन्त्री खड्का

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री खड्काले आफ्नो कार्यकालमा विद्युत र सिँचाइ दुवै क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन्।

मन्त्रालयमा सोमबार पदवहाली गर्दै मन्त्री खड्काले आफ्नो मन्त्रालय मातहत अल्पकालीन र दीर्घकालीन दुवै खालका कार्ययोजनाहरू तयार पारेर नयाँ ढंगबाट अगाडि बढ्ने पहिलो निर्णय गरे।

पत्रकारहरूको जिज्ञासामा मन्त्री खड्काले डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी विवाद आफू मन्त्री नबन्दा पनि नजिकबाट नियालेकाले त्यसलाई समस्याका रूपमा भन्दा पनि उपयुक्त निकास निकाल्न आफूले प्रयास गर्ने जानकारी दिए।

‘म भरखरै आएको छु। मेरो मन्त्रालयमा दुइटा महत्त्वपूर्ण पाटालाई समानान्तर रूपमा प्राथमिकताका साथ अगाडि बढाउँछु,’ उनले भने, ‘देशभरका सबै घरमा विद्युत पुर्‍याउने कुरालाई मुख्य प्राथमिकता दिनेछु। राष्‍ट्रिय आवश्यकता पूर्ति हुने गरी विद्युत उत्पादन गर्ने र सरकारले १० हजार मेगावाट विद्युत निर्यात गर्ने निर्णय र सम्झौता गरिसकेको छ। त्यसलाई चाँडोभन्दा चाँडो उत्पादन गरेर कार्यान्वयन गराउने हाम्रो लक्ष्‍य रहने छ।’

सिँचाइको क्षेत्रमा पहाड र तराई दुवैतिर अलग-अलग समस्या रहेको उल्लेख गर्दै उनले ती समस्या पहिचान गरेर सबै ठाउँमा सिँचाइ सुविधा उपलब्ध गराउन आफूले भरमग्दुर प्रयास गर्ने बताए। ‘सिँचाइ सुविधा उपलब्ध नभएकै कारण अहिले खाद्यान्‍न आयात गरिरहनु परेको छ। त्यो अवस्था अन्त्य होस् भन्‍ने विषयलाई प्राथमिकताका साथ अगाडि बढाउने छु,’ उनले भने।

मन्त्री खड्कालाई मन्त्रालयमा जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्मा, मन्त्रालयका अधिकारीहरू तथा कांग्रेस संखुवासभाका नेता-कार्यकर्ताले स्वागत गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार