मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

#नृत्य प्रतियोगिता :
खाँदबारी नगरपालिकाद्धारा राष्ट्रिय शिक्षा दिवशको अवसरमा युगल नृत्य प्रतियोगिता

Sankhuwasabhapress 628+ समाचार ( )
८ अशोज २०८१, मङ्गलबार

संखुवासभा । खाँदबारी नगरपालिकाले राष्ट्रिय शिक्षा दिवशको अवसरमा नगरभित्रका माध्यमिक विद्यालय बीच युगल नृत्य प्रतियोगिता आयोजना गरेको छ ।

‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत क्षमता’ भन्ने नाराका साथ खाँदबारी नगरपालिकाको शिक्षा शाखाको आयोजना र हिमालय माध्यमिक विद्यालयको संयोजनमा बुधबार युगल नृत्य प्रतियोगिताको आयोजना गरिएको हो । नगरभित्र रहेका १९ वटा माध्यमिक विद्यालयहरु मध्ये १७ वटा माविले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगितामा खाँदबारीको हिमालय माध्यमिकले प्रथम स्थान हासिल गरेको थियो भने दोस्रो, तेस्रो र सान्त्वना क्रमशः मनकामना रत्नअम्बिका मावि तुम्लिङटार, आदर्श विद्यामन्दिर मावि पाठकगाउँ र हिमालय मावि आंला भएका थिए । प्रतियोगिताका प्रथम हुनेले नगद १० हजार रुपैया र दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैया पुरस्कार प्राप्त गरेका थिए । 

उक्त कार्यक्रमको अध्यक्षता खाँदबारी नगर शिक्षा समिति सदस्य तथा हिमालय माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर पराजुली (अर्जुन)ले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथि खाँदबारी कार्यवहाक नगर प्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य रहेकी थिइन् । त्यसका साथै कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ संखुवासभाका प्रमुख गोपालमान भण्डारी, खाँदबारी नगर शिक्षा सामाजिक संयोजक तथा खाँदबारी १ नम्बर वडा अध्यक्ष निरन्जन श्रेष्ठ, नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख दिपकमणि घिमिरे, हिमालय माविका प्रअ बीरबहादुर राई, नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष सेरबहादुर पुरी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार