- नविनकला जैरु
मकालु (नुम) । संखुवासभाको मकालु गाउँपालिकाको ५ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ ।
शुक्रबार मकालु–५ नुम स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा वडा खोप समन्वय समितिको आयोजनामा पूर्ण खोप दिगोपना सुनिश्चितता वडा घोषणा कार्यक्रम सम्पन्न गरिएको हो ।
आर्थिक बर्ष २०८०/८१ मा मकालु गाउँपालिका वडा नं. ५ मा पूर्ण खोप प्राप्त गर्ने १६ देखि ५९ महिना सम्मका र नियमित खोप पाइरहेका बालबालिकाको संख्याहरु १ सय ८५ रहेको र कुनै बालबालिकाहरु खोपमा खोप छुट भएको नभेटिएको प्राथमिक स्वास्थ्य चौकी प्रमुख तथा वडा खोप समन्वय समितिका सदस्य सचिव डा.सुदामा राजबंशीले जानकारी दिई । उनले खोपकार्ड नभएका बालबालिकालाई खोप कार्ड उपलब्ध गराइएको र कुनै पनि बालबालिकाहरुले पूर्ण खोप प्राप्त गरेको बताइन् ।
यसैगरि वडा नं. ५ का हाल सम्म खोप पाइरहेका १५ महिना सम्मको जम्मा ७० जना बालबालिकाहरुले नियमित रुपमा खोप लिइरहेका छन भने खोप छुट भएका बालबालिकाहरुलाई नियमित खोप कार्यक्रममा समाबेश गरि खोप प्रदान गरिएको छ । त्यसैगरि जातिगत रुपमा हाल मकालु–५ मा दलित ६ जना, जनजाति ६० जना र क्षेत्री ब्राम्हाण ४ जना बालबालिकाले नियमित खोप लिइरहेको डा. राजबंशीले बताइन् ।
उक्त कार्यक्रममा ९ स्वास्थ्य स्वमंसेविका, ११ स्वास्थयकर्मी र ५ कार्यालय सहयोगी गरी २५ जनालाई सम्मानित गरिएको थियो ।