मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

चैनपुर नगरपालिका :
चैनपुरका किसानलाई प्रोत्साहन गर्न कृषि मेला

Sankhuwasabhapress 628+ समाचार ( )
२४ माघ २०८१, बिहीबार
  • मोहनकुमार राई 

संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका कृषि विकास शाखा तथा पशु सेवा शाखाको आयोजनामा चैनपुर कृषि तथा पशु मेला पदर्शनी–२०८१ को आयोजना गरेर यस क्षेत्रका किसानलाई उत्साहित गरेको छ । 

किसानलाई विउ मात्र दिने भन्दा पनि कस्ता वस्तु उत्पादन भए भनेर हेर्न किसानका लागि र किसानको हौसलाको लागि कृषि मेला महोत्सव गरेको नगरपालिकाले जनाएको छ । स्थानीय स्तरमा कृषि उत्पादनहरु कृषि मेलामा राखिएको थियो । तरकारी, माछा, मासु लगायत कृषि उत्पादन प्रर्दशनीको आयोजना गरेर विभिन्न किसानहरुलाई पुरस्कृत समेत गरेको थियो । यस्ता कार्यक्रमले किसानहरुले बजारसम्मको नाता बढ्ने जनाएको छ । 

आली देखि थाली सम्म र गोठदेखी ओठसम्म पौष्टिक तत्व तथा खाद्यान्न उपलब्ध गराउने किसानलाई उत्पादन र उत्प्रेरण बढाउन चैनपुरको टुडीखेलमा बुधबार भएको कृषि तथा पशु मेलामा मौसम अनुसारको साग, काउली, स्कुस, पिडालु, टमाटर, लसुन, गेडागुडी, लगायतका तरकारी, तथा कफी, किवी, सुन्तला, माछा, कन्दमुल, फलफुल, साथै गाई, भैसी, राँगा, गोरु, बाख्रा, बोका, बंगुर कुखुरा, हाँस र टर्की लगायतका पशुपन्छीहरु प्रर्दशनीमा राखिएको पशु सेवा शाखा चैनपुरका प्रमुख सुरेन्द्र कटुवालले जानकारी दिए । 

चैनपुर कृषि तथा पशु मेला प्रर्दशनीको अवसरमा उत्कृष्ट कृषकहरु सम्मानित भएका थिए । बढी सुन्तला उत्पादक कृष्क प्रेमप्रसाद राई, उत्कृष्ट धान खेती कृषक एकदेव खत्री, उत्कृष्ट एवोकाडो उत्पादन पुष्पबहादुर राउत प्रथम, राज कुमार अधिकारी द्वितिय, किवी खेती प्रथम ओङदी शेर्पा, काउली प्रथम सविना श्रेष्ठ, रायोको साग प्रथम सविना श्रैष्ठ, फर्सी प्रथम प्रेमा श्रेष्ठ, मुला प्रथम सन्तोष शेर्पा, आलु प्रथम तारा रेग्मी, तरुल प्रथम तारा रेग्मी, स्कुस प्रथम योगेन्द्र प्रसाद शर्मा न्यौपाने भएका थिए ।

त्यसैगरि माछा प्रथम ध्रुव वस्नेत, द्वितीय खड्गबहादुर रानामगर, दुहुना गाई प्रथम यमनाथ रिमाल, द्वितिय दिलकुमार पराजुली, तृतीय चन्द्रकला सुवेदी भएका थिए । दुहना भैसी प्रथम मिन सिंह लिम्बू, द्वितीय सरोज कुमार डाँगी, तृतीय उदय बहादुर डाँगी, बोका प्रथम इन्द्रबहादुर डाँगी, द्वितीय केदार अधिकारी, तृतीय भगत कुमार श्रेष्ठ, बाख्रा प्रथम तोमा देवी अधिकारी भेडा थुमा प्रथम मन कुमार लिम्बू, द्वितीय मोहन राई, तृतीय दलबहादुर खनाल, टर्की प्रथम शुभम श्रेष्ठ, लोकल हाँस प्रथम राज कुमार श्रेष्ठ, कुखुरा भाले प्रथम जीवन श्रेष्ठ, कुखुरा पोथी स्थानीय प्रथम रेखा सहनी भएको कार्यक्रम सञ्चालक टंक रोक्काले जानकारी दिए । 

व्यवसायीक एवं प्रतिस्पर्धात्मक कृषि प्रणलीद्धारा उच्च एवं दिगो आर्थिक वृद्धि हासिल गरी खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान गर्न राष्ट्रिय कृषि नीति २०६१ लागू गरिएको छ । 

कृषि उत्पादन एवं उत्पादकत्व बढाउने,व्यवासायिक तथा प्रतिस्पर्धात्मक कषिप्रणालीका आधारहरुको विकास गरी क्षेत्रीय र विश्व बजारसँग प्रतिस्पर्धात्मक बनाउने, प्राकृतिक श्रोत वातावरण र जैवीक विविधताको संरक्षण सम्बर्धन एवंं सदुपयोग गर्न राष्ट्रिय कृषि नीतिको उद्देश्य रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार