मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

मकालु गाउँपालिका :
चार दिने मकालु महोत्सव सम्पन्न

Sankhuwasabhapress 628+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

संखुवासभा । जिल्लाको मकालु गाउँपालिकाको आयोजनामा मकालु महोत्सव तथा दक्षिण एसियाली साहित्यिक साँस्कृतिक सम्मेलन सम्पन्न भएको छ । 

फागुन १४ देखि सुरु भएको महोत्सव १७ गते सम्पन्न भएको हो । मकालु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा महोत्सव सञ्चालन गरिएको हो । 

महोत्सवमा जिल्लास्थित विभिन्न संघसंस्था, स्थानीय तहहरुका प्रमुख, उपप्रमुख, जातिय संस्थाका प्रमुखहरु, भारत, दार्जेलिङ, बर्मा र आसामका साहित्यकार तथा कलाकारहरु र सातै प्रदेशका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

महोत्सवको अवसरमा मकालु गाउँपालिकालाई विभिन्न क्षेत्रबाट योगदान गर्नेहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । गाउँपालिकाको तर्फबाट सम्मानित हुनेहरुमा निःशुल्क १ थान एम्बुलेन्स उपलब्ध गराउने एट के एक्स्पेटेशन, १६ दिन भित्रै मकालु हिमालको ३ पटक सफल आरोहण गरी विश्व किर्तिमान राख्ने लाक्पा शेर्पा, मकालु गाउँपालिकाबाट मकालु हिमालको सफल आरोहण गर्ने पहिलो महिला याङ्जी शेर्पा, पर्यटन प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका रहेको सेभेन समिट ट्रेक, पायोनिर एड्भेन्चर, फोटिन पिक्स एक्सपेटेशन र सेभेन समिट क्लवलाई सम्मानपत्रद्धारा सम्मानित गरिएको थियो ।

संखुवासभा साहित्यिक समाजद्धारा संगीतकार बुलु मुकारुङलाई २० हजार नगद पुरस्कार र भारतीय लेखक रण काफ्लेलाई मकालु साहित्य समाजको तर्फबाट २१ हजार पुरस्कार प्रदान गरिएको छ । यस्तै जातिय झाँकी प्रस्तुतीका कलाकारहरुलाई पनि सम्मान गरिएको थियो । यस्तै जातिय झाँकी प्रस्तुतीका कलाकारहरुलाई पनि सम्मान गरिएको थियो ।

सांस्कृतिक प्रस्तुती सहित गरिएको महोत्सवमा स्थानीय उत्पादनका स्टलहरु राखिएको थियो । स्टलमा चौरीको पुच्छर, राडीपाखी, हस्तकलाका सामाग्री र स्थानीय उत्पादनका परिकारहरु राखिएको थियो ।

महोत्सवकै अवसरमा अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा पाँचखपन नगरपालिका प्रथम, षडानन्द नगरपालिका भोजपुर द्धितीय, सभापोखरी गाउँपालिका तृतीय र भोटखोला गाउँपालिका सान्त्वना भएको थियो । उनीहरुले क्रमश २ लाख ५० हजार, १ लाख २५ हजार, ६० हजार र ४० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट खेलाडीले ३ हजार ५ सय साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने वेष्ट स्पाइकर, वेष्ट सेटर, वेष्ट लिबेरो, वेष्ट सरबर र वेष्ट डिफेन्सले जनही २ हजार ५ सय साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विश्वको पाँचौ अग्लो हिमाल मकालु ८ हजार ४ सय ६३ मिटर रहेको छ । सन् १९५५ को मे १५ मा जिन फ्रान्को नेतृत्वको ‘फ्रान्स स्प्रिङ १९५५’ नामक आरोहण दलबाट जिन कोजी र लियोनर टेरी पहिलो पटक मकालुको शिखरमा पुगेका थिए ।

vedio link...

https://www.youtube.com/watch?v=bdKtzQvjOEY

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार