मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

मृगौला पिडीत जिमीलाई दक्षिणकोरियाको नगद सहयोग

Sankhuwasabhapress 628+ समाचार ( )
२८ श्रावण २०८०, आइतबार

संखुवासभा । संखुवासभा सम्पर्क परिवार दक्षिणकोरियाद्धारा धर्मदेवी नगरपालिका–८ का मृगौला पिडीत देवीकुमार जिमीको उपचारको लागि नगद सहयोग गरेको छ ।

दक्षिणकोरिया समाजले जिमी बसोबास गरिरहेको काठमाडौं स्थित मनमैजुमा नै पुगेर नगद ६२ हजार रुपैया नगद सहयोग गरेको संखुवासभा सम्पर्क परिवार दक्षिणकोरियाका अध्यक्ष बमबहादुर घलेले बताए । उनको अनुसार, दुवै मृगौला फेल भई उपचार गराईरहेको जिमीलाई बिहिबार नगद सहयोग गरेको हो । बिरामीलाई दक्षिणकोरियाका पूर्वअध्यक्षद्धय गणेश घिमिरे र रेखबहादुर गुरुङ घरैमा पुगेर रकम हस्तान्तरण गरेका थिए । 

संखुवासभाबाट प्रवास दक्षिणकोरिया रोजगारीको सिलसिलामा पुगेका संखुवासभालीहरुबाट आर्थिक सहयोग संकलन अभियानवाट संकलित सहयोग रकम बिरामीलाई हस्तान्तरण गरिएको हो । जिमी विगत लामो समयदेखी दुवै मृगौलामा समस्या देखिएकोले काठमाडौस्थित हिमाल अस्पतालमा उपचार गराईरहेका छन् । 

सन् २०१२ सालमा स्थापना भएको संखुवासभा सम्पर्क परिवार दक्षिणकोरियाले दैवीप्रकोप, दिनदुःखी र बिरामीहरुलाई सहयोग गर्दै आएको छ । उक्त संस्थाले विभिन्न किसिमको मानवीय सहयोगहरु गर्ने गरेको छ । विगतमा पनि उक्त समाजले संखुवासभाको कोरोनाकाल, बाढिपहिरो, बिरामीको उपचार सहयोग लगायत दर्जनौं क्रियाकलापहरु प्रत्यक्ष सहयोग गर्दै आएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार