मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

#सहिद पार्क
वडा कार्यालयको अगुवाइमा माल्टाको सहिद पार्कको सरसफाई

Sankhuwasabhapress 607+ समाचार ( )
१५ भाद्र २०८१, शनिबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका ५ वडा नम्बर माल्टास्थित रहेको सहिद पार्कको सरसफाई गरिएको छ ।

आज (शनिबार) खाँदबारी नगरपालिका ५ नम्बर वडा कार्यालयको अगुवाइमा पार्कको सरसफाई गरिएको हो । उक्त सरसफाई कार्यक्रममा माल्टाका स्थानीय टोल विकास संस्थाका प्रतिनिधिहरू, सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत ९/१० कक्षा र स्काउटका विद्यार्थीहरू, वडाध्यक्ष टंकबहादुर घिमिरे लगायत जनप्रतिनिधिहरू र वडा कार्यालयका वडा सचिव मनिराम चौलागाई लगायत वडाका कर्मचारीहरूको सहभागीता रहेको थियो ।

वडाको सार्वजनिक सम्पत्तिको रूपमा रहेको पार्कको संरक्षण नभएकाले वडा कार्यालयको अगुवाईमा संरक्षण सम्बद्र्धन र सरसफाई गरिएको खाँदबारी नगरपालिका ५ नम्बर वडाका अध्यक्ष टंक बहादुर घिमिरेले बताए । उनले सार्वजनिक सम्पत्तिहरुको संरक्षण गर्न श्रमदान गर्ने बानीको समेत विकास गरिएको बताए ।

उक्त पार्क शहरी विकास कार्यालय धनकुटाको ३ करोड ७८ लाखको लागतमा ०७६ सालमा संम्झौता भई ०७८ सालमा पार्क निर्माण सम्पन्न भएको हो । शहरी विकास कार्यालयले ०८० सालमा मात्रै खाँदबारी नगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो । 

सदरमुकाम खाँदबारी देखि नजिकै रहेको माल्टामा निकै ठूलो लगानीमा पर्यटकीय केन्द्रको रूपमा पार्क स्थापना भएपनि पार्कको संरक्षण र सम्बद्र्धन हुन सकिरहेको छैन । खाँदबारी नगरपालिकाले समेत पार्कको संरक्षणका लागि कार्यविधि बनाएर कार्यन्वयन गर्न सकेको छैन । खाँदबारी देखि नजिकै भएपनि सडकको गुणस्तर राम्रो नहुदाँ आन्तरिक तथा बाह्य पर्यटकहरू सहिद पार्क पुग्न सक्दैनन् । हिउँदको समयमा पर्यटकहरू पार्कमा पुगेपनि बर्खाको समयमा यातायातको सुविधा र कच्ची सडकका कारण अधिकाँस पर्यटकहरु पुग्दैनन् । संरक्षण अभावमा पार्कको वरपर जार जंगलले भरिन थालेपछि वडा कार्यालयले अग्रसरता देखाएको हो ।

तस्बिरहरु : रोशन निरौला

प्रतिक्रिया

Sangita १६ भाद्र २०८१, आइतबार

Good job

लेख राई १६ भाद्र २०८१, आइतबार

धेरै राम्रो काम श्रमदान अभियान

Hari bahadur Gurung १५ भाद्र २०८१, शनिबार

Dhabat Malta 5 ka wada namka Timlai

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार