मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

सहयोग :
संखुवासभाको तीन वटा विद्यालयलाई संखुवासभा समाज अमेरिकाको सहयोग

Sankhuwasabhapress 607+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

संखुवासभा । जिल्लाको तीन वटा विद्यालयलाई संखुवासभा समाज अमेरिकाले सहयोग गरेको छ।

मंगलबार सदरमुकाम खाँदबारीमा एक कार्यक्रम बीच संखुवासभा समाज अमेरिकाका अध्यक्ष शान्ति श्रेष्ठले सहयोग हस्तान्तरण गरेकी हुन् ।

जिल्लाको खाँदबारी नगरपालिका–७ बेलडाँडाका जनचाहना आधारभूत बिद्यालय र चैनपुर नगरपालिका–३ रातमाटे सर्वमंगला आधारभूत विद्यालय गरि दुई वटा विद्यालयलाई नगद ५०/५० हजार रुपैया हस्तान्तरण गरियो भने भोटखोला गाउँपालिका–२ लिङ्गामका अरुणोदय माध्यमिक बिद्यालयलाई विद्यार्थीहरुको पिसाव संकलन गर्ने मेशिन खरिदका लागि नगद ६८ हजार १ सय रुपैया हस्तान्तरण गरिन् ।आगामी बर्षदेखि सहयोग रकम बढाउने उद्धेश्य रहेको संस्थाको भनाइ छ । 

केही समयअघि खुला रुपमा संखुवासभा समाज अमेरिकाले आवेदन माग गरेको थियो । सो समयमा जिल्लाभित्रका ७ वटा विद्यालयले आवेदन पेश गरेको, आवश्यकताको आधारलाई हेर्दै र सबैभन्दा राम्रो प्रस्तावलाई समितिले पास गरेको संस्थाका अध्यक्ष श्रेष्ठले बताईन् ।

उनले यसैबर्ष देखि संस्थाले ‘संखुवासभा जिल्ला बिद्यालय बहुउद्धेश्यीय शिक्षा कार्य सहयोग–२०२४’ अन्तर्गत जिल्लाका तीन वटा विद्यालयलाई सहयोग हस्तान्तरण गरेको स्पष्ट पारिन् । ‘मातृभूमिको मायाँको कारण विपत्ति, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएका छौं । संखुवासभाबाट हाल अमेरिकामा बस्ने संस्थामा आवद्ध दुई सय जना सदस्यहरुबाट रकम संकलन गरेर संखुवासभाको शिक्षा, स्वास्थ्य र प्राकृतिक विपत्तिको समयमा सहयोग गर्दै आएका छौं । हामी कुनै एनजिओ आइएनजिओ हैनौं, हामीले प्रवासमा पसिना बगाएको केही हिस्सा जिल्लाको सामाजिक क्षेत्रमा खर्च गर्ने मात्रै हो ।’–श्रेष्ठले भनिन् । 

उक्त संस्थाले सोही कार्यक्रममा सदरमुकाम खाँदबारीको पोखरीपार्कमा खुल्ला वाईफाई संचालनको लागि नेपाल रेडक्रस सोसाइटी संखुवासभा शाखालाई नगद २० हजार रुपैया हस्तान्तरण गरेका थिए । गतबर्ष देखि नै संस्थाले खुल्ला वाईफाईको लागि सहयोग गर्दै आएको छ । 

त्यसैगरि संस्थाले केहीदिन अघि मात्रै भोटखोला–२ च्याम्ताङ्गका लडेर मस्तिष्कघात भएकी ४७ बर्षीय फूपुलामु भोटेलाई एक हजार अमेरिकी डलर सहयोग गरेको संखुवासभा समाज संखुवासभाका अध्यक्ष किरणकुमार शाक्यले जानकारी दिए । यो संस्था सामाजिक क्षेत्रमा सहयोग गर्नका लागि नै स्थापना भएकाले सामाजिक विपत्तिको समयमा महलमपटटी लगाउन अग्रसर रहेको अध्यक्ष शाक्यले बताए ।

यसअघि पनि संस्थाले खाँदबारी विद्युत्त करेन्ट लागेर दुवै हात गुमाएकी सन्ध्या पन्तलाई चार हजार अमेरिकी डलर सहयोग गरेका थिए भने कोभिडको समयमा खाँदबारीमा ५० बेडको आइसोलेसन संचालनको लागि नेपाली रुपैया १२ लाख ५० हजार सहयोग गरेका थिए । त्यसैगरि प्राकृतिक विपत्ति, शिक्षा र स्वास्थ्यको क्षेत्रमा धेरै सहयोग गर्दै आएको संस्थाले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार