मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

तेस्रो प्रादेशिक महाधिवेसन :
फोनिज कोशी प्रदेशको महाधिबेसन सम्पन्न, अध्यक्षमा लावती निर्वाचीत

Sankhuwasabhapress 598+ समाचार ( )
९ माघ २०८१, बुधवार

संखुवासभा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कोशी प्रदेशको तेस्रो महाधिबेसन सम्पन्न भएको छ ।

समितिको अध्यक्षमा विजयबोध लावती निर्वाचीत भएका छन् । तेस्रो प्रादेशिक महाधिवेसनले लावतीलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । पाँचथरको सदरमुकाम फिदिममा सोमबार सम्पन्न फोनिजको महाधिवेसनले लावती अध्यक्ष रहेको १९ सदस्यीय प्रदेश कार्यसमिति निर्वाचीत गरेको हो ।

कार्यसमिति उपाध्यक्षमा खनेन्द्रकुमार राई, महिला उपाध्यक्षमा सुप्रिया राई र महासचिवमा लीलाबहादुर सुनुवार चयन भएका छन् । यस्तै संस्थागत सचिवमा दिलबहादुर राई, संगठन सचिवमा रामचन्द्र तामाङ र कोषाध्यक्षमा सन्दिप याम्फु राई चयन भएका छन् । 

खुला सदस्यहरू अरुणकुमार राई, अजयसन्तोषी राई, कृष्ण फुरुम्बो लिम्बू र मौसम सम्बाहाम्फे चयन भएका छन् भने महिला सदस्यमा रमिला दनुवार, निशा राई र मेनुका बम्जन, संस्थागत सदस्यमा अमित तामाङ, जयराम पुर्बाछाने मगर, श्रवण चौधरी र निश्चल राजभण्डारी तथा अल्पसंख्यक सदस्यमा नेत्रकुमार सुनुवार चयन भएका छन् । 

त्यस्तै लेखा समिति संयोजकमा प्रेम देवान (लुङ्वा) र अनुशासन समिति संयोजकमा ब्रह्मलाल हजारी चयन भएको निर्वाचन समिति संयोजक दिपीन राईले जानकारी दिए । शनिबार उद्घाटन भएको फोनिजको प्रदेश महाधिवेशनमा निकै रस्साकसीका साथ अन्तिममा आएर कार्यसमिति सर्वसम्मत चयन भएको हो । 

कोशी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री कमलप्रसाद जबेगुले महाधिवेशनको उद्घाटन उगरेका थिए । कार्यक्रममा फोनिजको संघीय अध्यक्ष गजुरधन राई, सचिवद्वय विश्वराज तामाङ, यमन दनुवार, लेखा समिति संयोजक चन्द्र पन्दाक (प्रयास), फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका जनप्रतिनिधि पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार