मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

अर्बुद रोग :
भक्तपुर क्यान्सर अस्पताल सरकारलाई हस्तान्तरण

Sankhuwasabhapress 628+ समाचार ( )
२१ पौष २०८१, आइतबार

काठमाडौ । स्वास्थ्य मन्त्री प्रदिप पौडेलले क्यान्सर रोगको उपचार नेपालमै सर्वसुलभ बनाउन सरकारले तयारी गरिरहेको बताउनु भएको छ ।

काभ्रेको बनेपामा आयोजित नेपाल अर्बुद रोग निवारण संस्थाको ३४ औं केन्द्रीयसभामा मन्त्री पौडेलले सो कुरा बताउनु भएको हो । क्यान्सर रोग विरुद्ध जनचेतना फैलाइ प्रतिकारात्मक कार्यबाट क्यान्सर रोग न्युनीकरण गर्न सकिने बताउदै मन्त्री पौडेलले देशभित्रै उपचार सर्वसुलभ बनाउन नीतिगत निर्णयहरु गरेर व्यवहारिक बनाउन प्रारम्भ भएको बताउनु भएको छ ।

केन्द्रीयसभामा नेपाल अर्बुद रोग निवारण संस्थाद्धारा तीन दशक अघि स्थापीत नेपालकै पहिलो भक्तपुर क्यान्सर अस्पताल स्वास्थ्य मन्त्री प्रदिप पौडेल मार्फत नेपाल सरकारलाई आधिकारिक रुपमा हस्तान्तरण गरिएको थियो । सरकार र संस्थावीच भएको द्धिपक्षिय समझदारीपत्र अनुसार सो अस्पताल भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठानादेश, २०७७ बमोजिम सञ्चालन हुनेछ ।

संस्थाका महासचिव दिपेन्द्र वान्तवाले देशभरका १५ हजार भन्दा बढी स्वयम्सेवकले क्यान्सर रोगबारे सचेतना अभियानमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै आगामी दिनमा देशभर स्वयम्सेवक मार्फत जनचेना अभियान सञ्चानल गर्ने तयारी रहेको बताउनुभयो । केन्द्रीयसभामा पूर्व अध्यक्षहरु कर्ण शाक्य, जीतबहादुर श्रेष्ठ, लोकेन्द्रकुमार श्रेष्ठले नेपालमा क्यान्सर रोगविरुद्ध थालिएका अभियान र संस्थाले पुर्याएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार