मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

शुभकामना आदानप्रदान :
पत्रकार महासंघले गरे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

Sankhuwasabhapress 628+ समाचार ( )
१० अशोज २०८२, शुक्रबार

संखुवासभा । नेपाल पत्रकार महासंघ संखुवासभा शाखाले नजिकीदैं आएको बडादशैं, तिहार, नेपाल सम्वत र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

शुक्रबार सदरमुकाम खाँदबारीस्थित उद्योग वाणिज्य संघको हलमा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुमन शाक्यले सबै नेपालीहरुलाई शुभकामना दिदै. जेनजीको माग अनुसार सुशासन कायम गर्न र भष्टाचारको अन्त्य गर्न लाग्नुपर्ने बताए । मुलुकका राजनैतिक दलका नेता मात्रै होइन, कर्मचारीहरुका कारण पनि भष्टाचार बढेको उनले बताए ।

त्यसैगरि खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले जेनजीले मुलुकको आवश्यकता अनुसारको माग उठाएको बताए । उनले खाँदबारी नगरपालिकाका सम्पूर्ण गतिविधीहरु पारदर्शी ढंगले काम गर्न जेनजीको माग अनुसार प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेको बताउर्दै भष्टाचारको अन्त्य गरि सुशासन कायम गर्न आफू लागि परेको बताए ।

त्यसैगरि संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले चाडवाडको समयमा कुनै पनि अप्रिय घटनाहरु नघटोस, बजारका कालोबजारी नहोस भनेर सुरक्षा संयन्त्रलाई परिचालन गरिएको बताइन् । उनले आमनेपालीहरुले आफ्नो संस्कार संस्कृति र रहनसहन अनुसार धुमधामका साथ चाडवाड मनाउन समेत अनुरोध गरिन् । 

नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले मुलुकको परिवर्तनको अवस्थालाई आत्मसाथ गरि राजनैतिक दल, नागरिक समाज लगायत सबै एकजुट भएर जानुपर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । यो कार्यक्रमले नयाँ सन्देश प्रवाह गर्ने उनको भनाइ छ । 

उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय निकायका प्रमुख जनप्रतिनिधिहरू, सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यापारी, सामाजिक संघसंस्था, नागरिक समाज र महासंघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यको अध्यक्षतामा भएको कार्यक्रम सचिव नवीन गुरुङले संचालन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार