फिल्ड जानुअघि खाँदबारी–७ स्थित खाँदबारी होमस्टेमा आन्तरिक तयारी गर्दै विद्यार्थीहरु ।
संखुवासभा । देशकै ख्यातिप्राप्त काठमाडौ विश्वविद्यालयको स्कुल अफ आर्टस संकाय अन्तर्गत विकास अध्ययन विषयमा स्नातकोत्तर गर्दै गरेका विद्यार्थीहरु फिल्ड अध्ययनका लागि संखुवासभा आएका छन् ।
गत मंगलबार देखि काठमाडौ विश्वविद्यालयको स्कुल अफ आर्टस संकायका ११ जना विद्यार्थीहरु संखुवासभाका विभिन्न गाउँबस्तीहरुमा गएर त्यहाँको सामाजिक, आर्थिक पक्षको अध्ययन गरिरहेका छन् । उनीहरुले त्यहाँ कृषि ब्याबसाय अन्तर्गत नगदे बालीका बिषयमा संम्भाब्यता र कृषकको अवस्थाका बारेमा केन्द्रीत रहेर अध्ययन गरिरहेको विद्यार्थीहरुको अध्ययनले समाज र कृषि क्षेत्रमा रहेका विकृति तथा विसंगतिको अवस्थाका बारेमा समेत पहिचान गरिने विद्यार्थी भ्रमणको समन्वय गरिरहेका काठमाडौ विश्वविद्यालयका स्कुल अफ आर्टसका सह–डिन डा. उद्धव प्याकुरेलको भनाइ छ ।
उक्त फिल्ड अध्ययनका लागि आएका भ्रमण टोली खाँदबारी नगरपालिका–७ स्थित रहेको खाँदबारी होमस्टे बसेका छन् ।
