मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |
मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

खाँदबारी नगरपालिका–३ मानेभञ्जाङ्गमा रहेको महेन्द्र माध्यमिक विद्यालय :
विद्यालयको शैक्षिकगुणस्तर तथा सिकाइ उपलब्धी सुधार सम्बन्धी सरोकारवाला बीच अन्तरक्र्रिया (भिडियो सहित)

Sankhuwasabhapress 628+ समाचार ( )
५ जेठ २०८२, आइतबार

संखुवासभा । खाँदबारी नगरपालिका–३ मानेभञ्जाङ्गमा रहेको महेन्द्र माध्यमिक विद्यालयले विद्यालयको शैक्षिकगुणस्तर तथा सिकाइ उपलब्धी सुधार सम्बन्धी सरोकारवाला बीच अन्तरक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।

शुक्रबार विद्यालयले सम्पूर्ण सरोकारवालाहरुलाई बोलाएर विद्यालयको शैक्षिक गुणस्तर कसरी बढाउने, सिकाइ उपलब्धीको सुधार कसरी गर्ने भन्ने लगायतका बारेमा खुला छलफल तथा अन्तरक्र्रिया कार्यक्रम गरेको हो । पछिल्लो समयमा सामुदायिक विद्यालयको स्तर खस्कदो रहेकाले सबै सरोकारवालाहरुलाई जिम्मेवार बनाउनका लागि छलफल कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा खाँदबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपकमणि घिमिरे, छिमेकी विद्यालयहरु जालपा मावि चेवा प्रधानाध्यापक इश्वर घिमिरे, सिद्धकाली आवि लोकेपांमा जितेन्द्र राई, मंगलादेवी आविका गौतम राई, माउन्ट स्टार बोडिङ्ग शिक्षक प्रतिनिधी, मकालु बोडिङ्गका पंकज शर्मा र लक्ष्मी आवि गुवाबारी बिब्यस अध्यक्ष सुनिता कार्की लगायतको उपस्थिती रहेको थियो । त्यसका साथै 

विद्यालयको प्रधानाध्यापक मेदिनी घिमिरे, ब्यबस्थापन समिति अध्यक्ष जीतबहादुर घिमिरे लगायत पदाधिकारीहरु, विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावकहरु र पत्रकार महासंघ सचिव नवीन गुरुङ र पत्रकार ध्यान कुलुङ लगायतको सहभागीता रहेको थियो । 


खाँदबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपकमणि घिमिरेले पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदो क्रममा रहेको बताउर्दै अंग्रेजी भाषाको मोह भएका कारणले निजी विद्यालय राम्रो छ भन्ने भ्रम नपाल्न आग्रह गरे । उनले विदेशी भाषा सिक्न सबैलाई मुस्किल हुने बताउर्दै तपाई हामी सबैलाई राई, मगर लगायतका मातृभाषाहरु बोल्न सिक्न समय लाग्छ त्यस्तै अंग्रेजी भाषा सिक्न समय लाग्ने तर अंग्रेजी बोल्न सक्ने भए मात्रै जान्ने भइन्छ भन्ने भ्रम पाल्न नहुने बताए । ‘सामुदायिक विद्यालयका शिक्षकहरु तालिम र दक्ष हुनुहुन्छ, आफूले सिकेको ज्ञान सीप विद्यार्थीहरुलाई दिनुपर्छ । तब मात्रै उत्कृष्ट विद्यार्थीहरु उत्पादन हुन्छन् ।’—घिमिरेले भने ।

त्यसैगरि जालपा माविका प्रधानाध्यापक इश्वर घिमिरेले विद्यार्थीको शैक्षिक गुणस्तर र सिकाइ सुधार गर्न शिक्षक मात्रै पर्याप्त नहुने बताउर्दै अभिभावकहरुले चासो देखाउनुपर्ने बताए । त्यसैगरि खाँदबारीका कार्यपालिका सदस्य इन्द्रमाया बराइली, अभिभावक सूर्य कोरङ्गी, नेत्र रेग्मी, सुनिता कार्कीले शिक्षकहरुसँगै अभिभावकहरु साथ दिएको खण्डमा  राम्रो विद्यालय र उत्कृष्ट विद्यार्थी उत्पादन गर्न सकिने बताए । त्यसैगरि विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जीतबहादुर घिमिरेले निजी विद्यालय मात्रै राम्रो हो भन्ने भ्रम पाल्न नहुने बताउर्दै शिक्षक र अभिभावकहरु लाग्ने हो भने सामुदायिक विद्यालयको स्वरुप परिवर्तन गर्न सकिने महेन्द्र मावि नै उदाहरण भएको बताए । उनले सबैले आआफ्नो ठाउँबाट योगदान गर्ने हो भने परिवर्तन र सुधार हुने बताए ।

कार्यक्रममा विद्यालयको शैक्षिक तथ्याङक प्रधानाध्यापक मेदिनी घिमिरेले प्रस्तुत गरेका थिए । उनको अनुसार, विद्यालयमा हाल ९ सय ४४ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् भने कक्षा १ देखि १२ सम्म, सुस्त श्रवण कक्षा र प्राविधिक धारका कृषि पनि पठनपाठन हुने गर्दछ । तल्लो तहका अंग्रेजी माध्यमबाट पठनपाठन हुने गरेको बताए । 

कतिपय कक्षाहरुमा विद्यार्थी बढि भएकाले सेक्सन छुट्टाएर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको प्रधानाध्यपक घिमिरेको भनाइ छ । अन्य सामुदायिक विद्यालयहरुमा खस्कदो विद्यार्थी संख्या रहेको देखेको बताउर्दै आफ्नो विद्यालयमा त्यस्तो अवस्था नरहेको प्रअ घिमिरेले बताए । 

महेन्द्र मावि जिल्लाको एक उत्कृष्ट विद्यालय हो । शिक्षक, कर्मचारी र बालशिक्षिका गरि विद्यालयमा ३३ जना कार्यरत रहेका छन् । यो विद्यालय २०१४ सालमा स्थापना भएको हो । यो विद्यालयमा अध्ययन गरेका थुप्रै पूर्वविद्यार्थीहरु अहिले देश उच्च तहमा पुगेका छन् । 

vedio link : https://www.youtube.com/watch?v=DmcxZLLo5H4&t=45s



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार