मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

खाँदबारी :
खाँदबारीको होटेलमा एक व्यक्ति मृत फेला

Sankhuwasabhapress 628+ समाचार ( )
१४ मंगशिर २०८१, शुक्रबार

संखुवासभा ।  संखुवासभाको सदरमुकाम खाँदबारीस्थित होटेलमा एक व्यक्ति मृत फेला परेका छन्। खाँदबारी– १ टुँडीखेलको होटेलमा बेलुका सकुशल सुतेका सल्यान बागचौर नगरपालिका– १ घर भएका ३४ वर्षीय एकराज चलाउने मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।

लामिछानेका अनुसार गएराति ९ बजेतिर होटेलमा सातजनाको समूहमा आई कोठामा सुतेकोमा बिहान एकराज मृत भेटिएका हुन्। बिहान अबेरसम्म नउठेपछि सँगै आएका साथी सल्यान सिद्धकुमाख गाउँपालिका– १ बस्ने सुकलाल बुढाथोकीले उठाउन जाँदा मृत्यु भएको पाएपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए।

उनीहरू जिल्लाको भोटखोला गाउँपालिका– ३ हुङहुङदेखि भोटखोला– २ च्याम्ताङ जाने सडक निर्माणको काम गर्दै आएका आशिष कन्स्ट्रक्सन कम्पनीमा काम गर्नका लागि गएका थिए। गएराति खाँदबारीमा वास बसेर बिहान भोटखोला जाने तयारीमा रहेका जानकारी पाएको प्रहरी निरीक्षक लामिछानेले बताए।

मृतकको शव जिल्ला अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ। घटना के–कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार