मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

खाँदबारी –७ तीनपोखरी
मंगलादेवी माध्यमिक विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट र शैक्षिक सामग्री वितरण

Sankhuwasabhapress 628+ समाचार ( )
१० जेठ २०८१, बिहीबार

संखुवासभा । जिल्लाका खाँदबारी नगरपालिका–७ स्थित तीनपोखरीमा रहेको मंगलादेवी माध्यमिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई विद्यालय पोशाक (ट्रयाकसुट र टिसर्ट) वितरण गरिएको छ ।

बुधबार एक कार्यक्रम बीच खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, खाँदबारी ७ नम्बरका वडाध्यक्ष देवबहादुर पुवाँर मगर, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तुलाराम मगर लगायतका अतिथीहरुबाट विद्यालय पोशाक वितरण गरिएको थियो । विद्यालय पोशाक वितरण गर्दै मेयर थपलियाले निकै राम्रो र सकारात्मक काम विद्यालय परिवारबाट भएको भन्दै प्रसंसा गरे । उनले सबै विद्यालयहरुले यस्तै रचनात्मक र उदाहरणीय काम गर्नुपर्नेमा जोड दिए ।

केही महिनाअघि देखि विद्यालय पोशाक खरिदका लागि अभियान नै संचालन गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तुलाराम मगरले बताए । उनले सोही अभियान अन्तर्गत ५ लाख ९४ हजार दुई सय ८० रुपैयाँ संकलन गरिएको र सोही रकमबाट पोशाक खरिद गरि विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १० सम्मका ३ सय ८५ जना विद्यार्थीलाई निःशुल्क रुपमा विद्यालय पोशाक (ट्रयाकसुट र टिसर्ट) वितरण गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मगरले बताए । 

विद्यालयको चौतर्फी विकासका लागि समिति र शिक्षकहरु लागि रहेको मंगलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक योगन्द्रकुमार श्रेष्ठले बताए । उनले विद्यालयका सबै विद्यार्थीलाई विद्यालय पोशाक (ट्रयाकसुट र टिसर्ट) वितरण गर्न इच्छा भएपनि बजेट अभावमा अभियान संचालन गरि संकलन गरिएको बताए ।  

मंगलादेखि माध्यमिक विद्यालयले सामाजिक संजाल मार्फत अभियान संचालन गरेको थियो । विभिन्न दाता मार्फत संकलन भएको र सो कार्यक्रम ५ हजार रुपैया भन्दा माथि सहयोग गर्ने ४४ जना दाताहरुलाई सम्मानपत्रद्धारा सम्मानित समेत गरिएको विद्यालयले जनाएको छ । 

विद्यालयमा अध्ययनर अनाथ, असहाय तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क पोशाक तथा शैक्षिक सामग्री वितरण कार्यक्रमले राहत पु¥याएको विद्यालयको भनाइ छ । 

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा समाजसेवी शेरबहादुर बन, जिल्ला शिक्षा समन्वय इकाईका पूर्वप्रमुख केशव भट्टराई, खाँदबारी ७ का वडासदस्य झलक कुसुले, स्थानीय अभिभावक, शिक्षक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार