मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

चैनपुर - ११ सालडाँडा
आयुर्वेद उपचारमा आर्कषण बढ्यो

Sankhuwasabhapress 628+ समाचार ( )
१० जेठ २०८१, बिहीबार

मोहनकुमार राई

चैनपुर । चिकित्सा पद्धतिहरु मध्ये अहिले आर्युर्वेद उपचारमा आर्कषण बढ्दै गएको आयुर्वेद औषधालयले जनाएको छ । 

एलोपेथिक उपचारले चाँडो निको भएपनि त्यसले साइडइफेक्ट गर्ने साथै रोगहरु पुनः दोहोरीने, नयाँ रोगको शुरुवाती हुने हुन्छ भने आयुर्वेद उपचारले रोगको जरैबाट निदान गर्ने भएकाले विस्तारै आयुर्वेद उपचार तर्फ नागरिकहरुकोे आकर्षण बढ्दै गएको जनाएको छ ।  

चैनपुर आयुर्वेद औषधालयले गाउँको विभिन्न ठाउँहरुमा आयुर्वेद उपचार कार्यक्रम राख्दै आएको छ । यसै क्रममा बुधबार आधारभूत स्वास्थ्य केन्द्र चैनपुर नगरपालिक वडा नम्बर ११ सालडाँडामा भएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

उक्त शिविरमा ९० बर्षिय जेष्ठ नागरिक बलबहादुर राउतले स्वास्थ्य उपचार गराएको आयुर्वेद शाखाका प्रमुख कविराज दिनेशप्रशाद रायले जानकारी दिए ।  

उक्त शिविरमा उपस्थित प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले आयुर्वेद उपचारले दिगो रुपमा मानिसलाई स्वास्थ्य राख्न मद्धत गर्ने भएकाले नागरिकलाई निर्धकका साथ प्रयोग गर्न आग्रह गरे। 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.राम प्रबोध चौधरी लगायतको उपस्थिति रहेको थियो । 

शिविरमा पुरुष ७९ र महिला ६३ जनाले आयुर्वेद स्वास्थ्य उपचार लिएका थिए । दम, उच्च रक्तचाप, मधुमेह, नशा सम्बन्धी, अम्लपित्त, पायलस्, स्त्रीरोग लगायतको उपचार गरिएको आयुर्वेद शाखा चैनपुरका प्रमुख रायले बताए । 

घर–घरमा आयुर्वेद र योगको विकाससँगै आरोग्य नागरिकको स्थापना गर्ने उद्देश्यले आयुर्वेद शाखाले चैनपुर नगरपालिकाको विभिन्न ठाउँमा योग अभ्यासका साथ आफ्ना सेवाहरु प्रवाह गर्दै आइरहेको छ । चैनपुर वडा नम्बर ६ को वडा कार्यालयमा हरेक महिनाको ३ गते निःशुल्क स्वास्थ्य शिविर एवं निःशुल्क औषधी वितरण गर्दै आएको छ । नागरिक आरोग्य सेवा क्लिनीक, जडिवुटीजन्य भान्साकोठा सुधार कार्यक्रम जस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको आयुर्वेद शाखाले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार