मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

भोटखोलाको गर्भवती महिलालाई हेलीकप्टरद्धारा गरि विराटनगर पठाइयो

Sankhuwasabhapress 628+ समाचार ( )
३ अशोज २०८०, बुधवार

संखुवासभा । संखुवासभाको दुर्गम उत्तरीक्षेत्र भोटखोलाका एक गर्भवती महिलाको हेलीकप्टरद्धारा उद्धार गरि विराटनगर पठाइएको छ ।

बुधबार जिल्लाको भोटखोला गाउँपालिका–४ नामासेका स्थानीय लामुछिरिङ भोटेलाई हेलीकप्टरद्धारा उद्धार गरी विराटनगर पठाइएको भोटखोला गाउँपालिकाका स्वास्थ्य संयोजक फूर्पू भोटेले बताए । उनको अनुसार, गर्भवती लामुछिरिङको गर्भबाट जुम्ल्याहा बच्चा भएको हुँदा एउटा बच्चा सकुशल सामान्य तरिकाले जन्म भएको तर दोस्रो बच्चाको अवस्था असामान्य भएको हुनाले हेलीबाट विराटनगर पठाइएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत भोटखोला गाउँपालिकाबाट लामुछिरीङलाई थप उपचारका लागि हेलिकप्टरबाट विटारनगर स्थित कोशी अस्पतालमा पठाइएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताए । उनले राष्ट्रपति महिला उत्थान कार्यक्रमले हिमाली दुर्गम जिल्लाका सुत्केरीहरुको ज्यान बचाउन मद्धत गरेको समेत बताए ।

यसअघि पनि भोटखोला क्षेत्रका निकै महिलाहरुको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार भईसकेको छ । खाँदबारी–किमाथांका कच्ची सडक, त्यसमा बर्खाको समयमा सडकको बेहालत छ । सडक बिग्रेको कारणले भोटखोलाको नामासेबाट सदरमुकाम खाँदबारीमा रहेको जिल्ला अस्पताल पु¥याउन निकै सकस छ । गाडीबाट ल्याउदा ज्यानै समेत जान सक्ने खतरा भएकाले हेलीकप्टरबाट छिटो गरी उद्धार गर्न चौतर्फी पहल गरिएको गाउँपालिकाको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार