मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

#असल शासन क्लब
खाँदबारीमा ‘द डिवेट वार’ आगामी मंसिर १४ देखि हुने

Sankhuwasabhapress 598+ समाचार ( )
२८ कार्तिक २०८१, बुधवार

संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभामा नै पहिलो पटक संसदीय प्रणालीमा आधारित वादविवाद प्रतियोगिता ‘द डिवेट वार’ हुने भएको छ । 

मंगलबार असल शासन क्लब संखुवासभाले नेपाल पत्रकार महासंघ संखुवासभाको कार्यालयमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा जानकारी दिएको हो । आगामी मंसिर १४ गते देखि सुरु हुने यो कार्यक्रम विभिन्न चरणमा सम्पन्न हुने आयोजकले जनाएको छ । 

प्रतियोगिता वर्ड स्कुल डिवेट च्याम्पियनसिप (डव्लुएसडीसी) को नियमानुसार सञ्चालन हुनेछ । कार्यक्रम संयोजक अनुप चापागाईका अनुसार खाँदबारी नगरपालिका भित्रका २१ वटा माध्यमिक विद्यलायका १९ बर्ष मुनिका विद्यार्थीहरु सहभागी हुनेछन् । एक विद्यालयबाट १ छात्रा सहित ३ जना विद्यार्थीहरु सहभागी हुन पाउने संयोजक चापागाईले जानकारी गराए । 

विद्यार्थीहरुको बौद्धिक क्षमता विकास गरेर खोज तथा अनुसन्धान गर्न प्रेरित गरि सामुहिक भावनाको विकास गर्दै आलोचनात्मक चेतनाको अभिवृद्धि गर्नका लागि यो कार्यक्रम गर्न लागिएको संयोजक चापागाईले बताए ।  

कार्यक्रममा प्रथम हुने विद्यालयले नगद रु. ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्धितिय हुने विद्यालयले नगद रु. १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै सेमिफाईनलिष्ट दुई विद्यालयले नगद रु. ५ हजारका दर, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार