मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

#स्वास्थ्य कार्यालय र करुणा फाउण्डेसन :
फोलिक एसिड चक्की सेवन सम्बन्धि भिडियो प्रतिस्पर्धामा जलजला हेल्थपोष्ट प्रथम

Sankhuwasabhapress 607+ समाचार ( )
१३ श्रावण २०८१, आइतबार

संखुवासभा । स्वास्थ्य कार्यालय संखुवासभा र करुणा फाउण्डेसनको सहकार्यमा आयोजित अपागंता रोकथामका लागि फोलिक एसिड चक्की सेवन सम्बन्धि भिडियो प्रतिस्पर्धामा संखुवासभाको पाँचखपन नगरपालिकाको जलजला हेल्थपोष्ट प्रथम बनेको छ ।

उक्त प्रतियोगितामा सिलिचोग गाउँपालिकाको बाला हेल्थपोष्ट द्धितिय बनेको छ भने मादी नगरपालिकाको बागा आधारभूत स्वास्थ्य सेवा केन्द्र तृतीय बनेको स्वास्थ्य कार्यालय संखुवासभाका जनस्वास्थ्य अधिकृत पशुपति खनालले बताए । उनको अनुसार, विजेताले प्रथम, द्धितिय र तृतीयले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैया प्राप्त गरेका छन् ।

प्रचारप्रसारका लागि तालिम, गोष्ठी मात्रै गर्ने परम्परालाई छोडेर नयाँ तरिकाबाट जनचेतनामुलुक भिडियो प्रतिस्पर्धा कार्यक्रमको आयोजना गरिएको जनस्वास्थ्य अधिकृत खनालको भनाइ छ । फोलिक एसिड चक्की सेवनको बारेमा धेरे भन्दा धेरै मानिसहरु सम्म सूचना पुरयाउनका लागि भिडियो प्रतिस्पर्धा कार्यक्रमको आयोजना गरिएको र धेरै मानिसहरु सम्म सूचना पुगेको अपेक्षा गरिएको खनाल बताउँछन् । 

उक्त प्रतियोगितामा जिल्लाभरका स्वास्थ्यकर्मीहरु २८ टिमले भाग लिएका थिए । तिमध्ये तीन वटा टिम छनौटमा परेको हो । सो प्रतियोगितामा जिल्लाभरका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले मात्रै भाग लिन पाउने ब्यबस्था गरिएको थियो । उनीहरुले जन्मजात हुने अपागंता रोक्नका लागि फोलिक एसिड चक्की सेवनको महत्वबारेमा जानकारीमुलुक १ मिनेटको भिडियो बनाएर सामाजिक संजाल (फेसबुक)मा अपलोड गर्नुपर्ने नियम बनाइएको थियो । सो भिडियोको लिंक स्वास्थ्य कार्यालयमा पठाउनुपर्ने नियम थियो । छनौट प्रक्रियामा निर्णयकले बिषयबस्तु, भिडियोको गुणस्तर र अभिनयलाई ५० प्रतिशत र फेसबुकको लाइक, सेयर र भ्यूजलाई ५० प्रतिशत गरि १०० प्रतिशतमा निर्णय गरिएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । 

स्वास्थ्य कार्यालय र करुणा फाउण्डेसनले निर्णयकको भूमिका निर्वाह गरेको थियो । भिडियो प्रतिस्पर्धा नयाँ कार्यक्रम भएको र नागरिकसम्म प्रभावकारी रुपमा पुगेको अपेक्षा गरिएको स्वास्थ्य कार्यालय संखुवासभाका कार्यालय प्रमुख नारदमुनी सुवेदीले बताए । आमसर्वसाधारण महानुभावहरुलाई जन्मजात हुने अपागंता रोकथाम गर्नका लागि सन्तानको योजना बनाईरहेको महिला तथा पुरुष दुवैले फोलिक एसिड चक्की सेवन गर्न कार्यालय प्रमुख सुवेदीले आग्रह गरे । 

गत असार ४ गते सूचना जारी गरि भिडियो प्रतिस्पर्धामा भाग लिन आह्वान गरेको थियो भने १५ असार दिउँसो ४ बजेसम्म भिडियो पठाउन अनुरोध गरेको थियो । स्वास्थ्य कार्यालय र करुणा फाउन्डेसनले असार २३ गते नतिजा सार्वजनिक गरेको हो । संखुवासभामा करुणा फाउण्डेसनले जन्मजात हुने अपागंता रोक्न कार्यक्रम संचालन गरिरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार