मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

एसईई परिक्षा :
आज देखि एसईई परिक्षा शुरु, संखुवासभामा तीन हजार १२० जनाले परिक्षा दिने

Sankhuwasabhapress 628+ समाचार ( )
६ चैत्र २०८१, बिहीबार

संखुवासभा । माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षा आजदेखि देशभर शुरु हुने भएको छ । संखुवासभाबाट यो बर्ष तीन हजार १२० जना विद्यार्थी सहभागी हुने भएका छन् ।

यो बर्ष संखुवासभाबाट एसईई परिक्षामा नियमित तर्फ दुई हजार ३ सय ९८ जना र ग्रेड बृद्धि तर्फ ७ सय २२ जनाले परिक्षा दिने शिक्षा विकास तथा समन्वय इकाइ संखुवासभाका कार्यालय प्रमुख गोपालमान भण्डारीले बताए । एसईई परिक्षा यहि चैत्र ७ देखि १९ गते सम्म संचालन हुने भएकाले परिक्षालाई शान्तिपूर्ण, ब्यबस्थित र मर्यादित बनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको कार्यालय प्रमुख भण्डारीले बताए ।

यो बर्ष संखुवासभामा १७ वटा एसईई परिक्षा केन्द्र तोकीएको छ । यो बर्ष हिमालय माध्यमिक विद्यालय खाँदबारीको दुई वटा केन्द्र मध्ये एउटा केन्द्र हटाएको छ भने नुम र बाह्रबिसेमा एक÷एक केन्द्र थप गरिएको कार्यालय प्रमुख भण्डारीले बताए । 

जिल्लाका ७३ वटा माध्यमिक विद्यालय र एउटा खुल्ला विद्यालय गरि ७४ वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ संखुवासभाले जनाएको छ । 

सबै परिक्षा केन्द्र सम्म उत्तरपुस्तिका पुगिसकेको छ । विगतमा जस्तै होमसेन्टर दिएको छैन् भने जुन विद्यालयमा केन्द्र तोकीएको छ सोही विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिएको शिक्षा विकास तथा समन्वय इकाइ संखुवासभाले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार