मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

#डिजिटल स्पिज
संखुवासभामा अनलाइन बक्तृत्व कला डिजिटल स्पिज आयोजना हुने

Sankhuwasabhapress 628+ समाचार ( )
२५ श्रावण २०८१, शुक्रबार

संखुवासभा । राष्ट्रिय बाल दिवस २०८० को अवसरमा अनलाइन बक्तृत्व कला प्रतियोगिता डिजिटल स्पिच नेपालको आयोजना हुने भएको छ । 

संखुवासभाको खाँदबारीस्थित नागरिक चासो मल्टिमिडिया प्रा.लि.को आयोजनामा विश्वव्यापी रुपमा अनलाइन वक्तृत्वकला प्रतियोगिता हुने भएको हो । २० बर्षमुनिका बालबालिका तथा किशोरकिशोरीहरुको सहभागिता हुने गरि प्रतियोगिताको आयोजना गरिएको नागरिक चासोका अध्यक्ष संयोगान्त कुलुङले बताए । बालदिवसलाई लक्षित गरि राष्ट्र र राष्ट्रियताका विषयमा जुनसुकै स्थानबाट सहभागी हुन सक्ने उनले बताए । 

सो प्रतियोगितामा विश्वभर रहेका नेपाली भाषीहरु सहभागी हुन सक्नेछन् । सहभागी हुन चाहानेहरुले २० बर्षमुनिको प्रमाण सहित साउन मसान्त सम्ममा ५ मिनेट सम्मको सम्पादन नगरिएको भिडियो इमेल मार्फत पठाउनुपर्ने आयोजकले जनाएको छ । प्राप्त भिडियोलाई भाद्रको १ गते नागरिक चासोको सामाजिक सञ्जालमा राखिनेछ भने भाद्र २९ बाल दिवसको दिन अन्तिम नतिजा सार्वजनिक गरिने आयोजकले जनाएको छ । 

प्रतियोगिताका प्रथमलाई नगद १५ हजार र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद पाँच हजार र प्रमाणपत्र र तृतीय हुनेलाई नगद २ हजार र प्रमाणपत्र प्रदान गरिने जनाएको छ ।

सामाजिक सञ्जाल फेसबुक पेज शिक्षा सामाजिक सञ्जाल पार्टर रहेको प्रतियोगिताको निर्णायक सार्वजनिक गरिएको छैन । डिजिटल माध्यमबाट माध्यमिक तहसम्म अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरिएको छ । घरैमा बसेर मोवाइल फोन मार्फन नै भिडियो खिचेल वाक कला प्रस्तुत गरेर सहभागी हुन सकिने यो कार्यक्रमले धेरैको प्रतिभा उजागर गर्ने विश्वास रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार