मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

चैनपुर :
चैनपुरमा २५६८ औं बुद्ध जयन्ती एवं उभौली पर्व भव्य रुपमा मनाइयो

Sankhuwasabhapress 628+ समाचार ( )
११ जेठ २०८१, शुक्रबार
  • मोहनकुमार राई/चैनपुर

संखुवासभा । देशभर विहिबार विविध कार्यक्रमका साथ २५६८ औं बुद्धजयन्ती एवं उभौली पर्व मनाइएको छ । यसैक्रममा जिल्लाको खाँदबारी, तुम्लिङटार, चैनपुर र पोखरी बजारमा विशेष कार्यक्रमका साथ पर्व मनाइएको छ ।

“साँस्कृतिक सम्वद्र्धन, पर्यटकीय प्रर्वद्धन र खेलकुद विकास” भन्ने मूलनाराका साथ जिल्लाको चैनपुर नगरपालिका स्थित पोखरी बजारमा नवयुग युथ क्लबले चण्डीपूर्णिमा मेलाको नै आयोजना गरेर संस्कार संस्कृतिको विकास एवं पर्यटनको विकास गर्ने प्रयत्न गरिरहेको छ । बौद्धधर्म अनुसार पाठापारयण, रथ यात्रा, किराँत जातिहरुको मुधुमी पूजा एवं केलाङ नृत्य सहित विभिन्न जातजाति धर्मवलम्वीहरुको साँस्कृतिक झाँकी प्रदर्शनी गरेको युथ क्लवका अध्यक्ष मनोज तामाङले बताए ।

विहिबार चैनपुर बजार स्थित बौद्ध विहार, पोखरी स्थित साङ्गाछ्योलिङ्ग गुम्बा लगायतको स्थानमा छुट्टा–छुट्टै भगवान गौतम बुद्धको विधिपूर्वक पूजापाठ एवं रथ यात्रा समेत गरिएको थियो । बौद्ध, किराँत, एवं हिन्दु धर्मवलम्बीहरु एउटै आँगनमा आ–आफ्नो संस्कृतिको प्रदर्शनी गरेर धार्मिक सहिष्णुता पर्यटकीय आकर्षता थपेको स्थानीयको भनाइ रहेको छ । 

यसले नेपालीपनको आभाष गराएको छ । लोप हुन लागेको पञ्चेवाजा, बौद्धमार्गी तामाङ, गुरुङ, शेर्पा जातिहरुद्धारा शिरमा त्रिपिटक बोकेर बुद्ध भगवानको रथ यात्रा, राई, लिम्बू र याख्खा लगायतको चण्डी एवं साकेला नृत्य सहित व्यानर, ध्वजापतकाले बजार निकै चहलपहल रहेको थियो ।

चैनपुर नगरपालिकाको वडा नं ३, ४ र ५ को संगमस्थल ऐतिहासिक सुन्दर नगरी पोखरी बजारमा नवयुग युथ क्लवले चण्डीपूर्णिमा मेलाको आयोजना गरेर अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिता, डबल व्याडमिण्टन प्रतियोगिता, बेलुकी साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको क्लवका सचिव मोहनकुमार खत्रीले जानकारी दिए ।  

खेलमा भलिबल अन्तरगत प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपैया नगदका साथ चाँदीको ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरिने, दोस्रो पुरस्कार ६६ हजार ६ सय ६६, तृतीय २२ हजार २ सय २२ नगद  साथै उत्कृष्ठ खलाडीलाई नगद रु ५ हजार प्रदान गरिने खेल संयोजक आकाश बुढाथोकीले जानकारी दिए । 

यसैगरी व्याडमिन्टन तर्फ प्रथम पुरस्कार नगद रु १५ हजार, द्धितीय पुरस्कार ८ हजार, सेमी फाइनलिस्टलाई रु ४ हजार सहित विजयी खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक बुढाथोकीले बताए । 

झाँकी प्रदर्शनी सहितको बजार परिक्रमा गर्दै पूर्व कोशी प्रदेश आर्थिक मामिला मन्त्री तुलसीप्रसाद न्यौपानेले उद्घाटन व्यानर पढेर मेलाको उद्घाटन गरेका थिए । उक्त उद्घाटन कार्यक्रममा जनप्रतिनिधीहरु, सामाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधीको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार