मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |
मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

सम्पादकीय :
बढ्दो वन डढेलो : के गर्दैछ डिभिजन वन कार्यालय ?

Sankhuwasabhapress 607+ समाचार ( )
१७ वैशाख २०८१, सोमबार

यो बर्ष संखुवासभामा लामो खडेरी प-यो । करिब कात्तिक देखि चैत्र पहिलो साता सामान्य बर्षा भयो भने त्यसयता आकाशबाट पानी परेको छैन् । चारैतिर धुलाम्मे भएको छ । आकाशबाट पानी नपर्दा हिउँदे बालीनाली सुक्न थालीसकेका छन् । बनजंगल चारैतिर सुकाउरो लागेको अवस्था छ । त्यहि माथि बसन्त ऋतुको आगमनसँगै बनजंगलको पाउलो फेरिने समय भएको छ । पुरानो पात झरेर नयाँ पात पलाउने समय हो । 

हिउँदको समयमा धेरै जति प्राकृतिक प्रकोप भनेको घरहरु आगजनी र बनजंगल डढेलो लाग्ने गरेको पाइन्छ भने बर्खाको समयमा बाढीपहिरो । संखुवासभामा बर्सेनि बनजंगल डढेलो लाग्ने गरेको छ । एक सातादेखि सिलिचोङ गाउँपालिकाको विभिन्न भागमा तीन वटा सामुदायिक जंगलमा डढेलो लागेको छ । सो क्षेत्र मकालु बरुण राष्ट्रियक निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्दछ । मध्यवर्ती क्षेत्रमा बनडढेलो लाग्दा आगो गाउँसम्म फैलिने चिन्ता बढेको स्थानीयहरुको भनाइ छ । सिलिचोङ गाउँपालिकाको वडा नम्बर १ को सिंहदेवी मध्यवर्ती क्षेत्र, संखुवा मध्यवर्ती क्षेत्र र ३ नम्बरको साप्तेवा तुतुवा मध्यवर्ती क्षेत्रमा डढेलो लागेको हो ।

पालिका भित्रका याफू, सिसुवाटार र ताम्कु बुधबारे क्षेत्रको मध्यवर्ती क्षेत्रको जंगलमा भीषण आगोलागि भईरहेको छ । त्यसका साथै सोही वडाको याचाम्खाको रमिते पट्टिको पाटोमा भीषण आगलागी भईरहेको छ । त्यसका साथै रमिते भीर, लोलेतेल जाने पाटोको भीर, रमिते डाँडा ओरालोको जंगल भीषण डढेलो गएको छ । डढेलोबाट पशुपन्छी र बनजन्य प्राणीहरु त सखाप भएका छन् । त्यसका साथै आगोलाई तत्काल नियन्त्रणमा लिन नसकिए गाउँसम्म फैलिने चिन्ता बढेको छ । बहुमुल्य जडीबुटी र लोपोन्मुख पशुपन्छीहरुको बाँसस्थान खरानी भएको छ । लाखौं करौडो रुपैया बराबरको क्षति भएको छ । त्यो क्षतिको बारेमा लेखाजोखा नै छैन् । वनजंगलको संरक्षण र सोही क्षेत्रको मुख्य निकाय वन कार्यालय भने मुकदर्शक झै बनेर बसेका छन् ।

जिल्लामा वन डढेलो नियन्त्रण र रोकथाम सम्बन्धी खाँसै प्रचारमुलक र जनचेतनामुलक कार्यक्रम गरेको देखिएको छैन् । यो निकायले गाउँ–गाउँ र टोल–टोल सम्म जनचेतनामुलक प्रचारका सामग्री माइकिङ्ग गर्नुपर्ने हो तर केही पनि गरेको देखिएको छैन् । गाउँस्तरका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुलाई सक्रिय बनाउनु पर्ने हो, वनजंगलमा संम्भावित क्षेत्रमा अग्नीरेखा काटने, वन संरक्षण लगायतका थुप्रै रोकथामका कार्यक्रमहरु गर्न सकिन्छ होला तर मौन बसेको डिभिजन वन कार्यालयले कुनै पनि कार्यक्रम गरेको देखिएको छैन् । यहि क्षेत्रमा काम गर्ने मकालु बरुण राष्ट्रिय निकुञ्जले पनि बन्यजन्तु चोरीनिकासी, जंगल फडानी र वन संरक्षण गर्ने लगायतका कार्यक्रमहरु गर्नुपर्ने हो तर खाँसै गरेको नदेखिएको स्थानीयहरुको भनाइ छ। 

अन्त्यमा, वनजंगलको संरक्षण गर्ने निकाय डिभिजन वन कार्यालय नै मौन बस्दा बनजंगलको संरक्षण हुन सक्दछ छ त ? पक्कै पनि संरक्षण हुदैन । त्यसका लागि बन डढेलो, नियन्त्रण र रोकथाम सम्बन्धि विभिन्न प्रचारमुलक कार्यक्रमहरु, अभिमुखीकरण कार्यक्रम लगायतका थुप्रै कामहरु गर्नु सकिन्छ । त्यसका लागि मनबाट लाग्नुपर्छ । आवश्यकताको बोध गर्न सक्नु पर्छ । पक्कै पनि अवका दिनमा डिभिजन वन कार्यालयको चासो त्यता तिर पनि जान्छ होला भनेर आशा गरेका छौं । ‘हरियो बन, नेपालको धन’ को रक्षा गरौं, हामी सबैको अशल नागरिकको दायित्व हो, वनजंगलको संरक्षण गरौं, सबद्र्धन गरौं । धन्यवाद


 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार