मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

Sankhuwasabhapress 607+ समाचार ( )
१६ अशोज २०८०, मङ्गलबार

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । सोमबार राति सम्पन्न मतगणनाअनुसार विजयी अध्यक्ष खतिवडाले पाँच सय १२ र प्रतिस्पर्धी ढकालले चार सय ३० मत प्राप्त गरे ।

निर्वाचित अध्यक्ष खतिवडा मोरङको लेटाङ र प्रतिस्पर्धी ढकाल  मोरङको विराटनगर निवासी हुन् । यसैगरी, एमाले कोशी प्रदेशको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङग निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा उनी एकजनाको मात्र उम्मेदवारी दर्ता भएको थियो ।

सचिवमा पाँचथरका राजकुमार भण्डारी पाँच सय २४ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी उदयपुरका सैलेश लामाले तीन सय ८१ मत प्राप्त गरेका छन् । सहसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी भए । राजवंशीले ६ सय २८ र राईले ६ सय १० मत प्राप्त गरे । उनीहरूका प्रतिस्पर्धी  मोरङका खेम नेपालीले तीन सय ९८ मत प्राप्त गरे । अधिवेशनमा कुल सहभागी नौ सय ७७ जना प्रतिनिधिमध्ये नौ सय ७७ जनाले नै मतदान गरेका थिए ।

१२ असोजदेखि सुरु भएको एमालेको प्रथम कोशी अधिवेशनमा नेतृत्वसहित पदाधिकारी सर्वसम्मत गराउने प्रयास भएको थियो । तर, सर्वसम्मत हुन नसकेपछि निर्वाचनमार्फत पदाधिकारी र सदस्य चयन गरिएको हो । पार्टीले निर्देशन गरे पनि प्रतिस्पर्धीहरूले अलग–अलग प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धा गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै