मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

खाँदबारी–४ पांमा :
दुई सय १० जना स्थानीय स्वास्थ्य शिविरबाट लाभान्वित

Sankhuwasabhapress 607+ समाचार ( )
२३ माघ २०८१, बुधवार

संखुवासभा । जिल्लाको खाँदबारी–४ पांमा आयोजित स्वास्थ्य शिविरबाट दुई सय १० जना स्थानीय लाभान्वित भएका छन् । 

सोमबार खाँदबारी–४ गैरीपांमा स्थित स्वास्थ्य केन्द्रमा हेल्पीङ्ग हेण्ड्स नेपालको मुख्य सहयोग, मनकामना अस्पताल तुम्लिङटारको सहकार्यमा लोहोरुङ्ग राई समाजको आयोजनामा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा स्थानीयले सेवा पाएका हुन् । 

हेल्पीङ्ग हेण्ड्सका अन्तराष्ट्र्रिय अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठ तथा उनको धर्मपत्नी सिर्जना श्रेष्ठको उपस्थितिमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो । उक्त शिविरमा आँखा परिक्षण, जेनरल फिजिसिशन, दन्त सेवा, ईसिजी सेवा, आङ खस्ने समस्या, निःशुल्क चश्मा तथा औषधी समेत वितरण गरिएको थियो । शिविरमा विभिन्न विधाका चिकित्सकहरु उपस्थित भएका थिए । सो शिविरमा गाउँ–गाउँबाट बालबालिका, महिलाहरुका साथै बृद्धबृद्धाहरु लौरो टेकेर स्वास्थ्य चेकजाँचका लागि आएका थिए । 

निःशुल्क स्वास्थ्य शिविरमा १सय ५० जना महिला र ६० जना पुरुष गरि २ सय १० जना स्थानीय र बुढापाकाहरुले निःशुल्क सेवा पाएको अध्यक्ष नारायण श्रेष्ठले बताए । उनले विभिन्न रोगबाट पिडित भएका बिरामीहरुको स्वास्थ्य परिक्षण, औषधी बितरण तथा उपचार गरिएको बताए ।

संखुवासभाको अधिकाँस स्थानीय पालिकाका धेरै वडाहरुमा समेत निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको श्रेष्ठले बताए । उनले संखुवासभामा मात्रै नभएर आफुले हेल्पीङ्ग हेण्ड्स र अन्य साझेदार संस्थाहरुसँगको सहकार्यमा सुदुरपश्चिमका धेरै विकट र दुर्गम जिल्लाहरुमा एक हजार बढि निःशुल्क शिविरहरु संचालन गरिसकेको बताए ।

उक्त शिविरमा खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, खाँदबारी ४ का कार्यवहाक वडाध्यक्ष पवित्रा गुरुङ, नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति दीपनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार