मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

नमुना संसद :
मकालु गाउँपालिकामा युवाद्धारा नमुना संसद अभ्यास कार्यक्रम सम्पन्न

Sankhuwasabhapress 628+ समाचार ( )
२४ माघ २०८०, बुधवार
  • नविनकला जैरु 

संखुवासभा (मकालु ) । संखुवासभाको मकालु गाउँपालिकामा युवा क्लब गठन तथा नमुना संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

मकालु गाउँपालिका उपाध्यक्ष मनकला राईको अध्यक्षता र राष्ट्रिय युवा परिषद जिल्ला अध्यक्ष पासाङनिमा शेर्पाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

उद्घाटन तथा समापन कार्यक्रममा मकालु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर दर्जी तथा राजैनतिक दलका प्रतिनिधिहरुले उद्घाटन सत्रमा शुभकामना मन्तब्य राखेका थिए भने समापन कार्यक्रममा धन्यबाद दिर्दै तालिम प्रभावकारी रहेको बताएका थिए । राजैनतिक दलका प्रतिनिधिहरुले समापन कार्यक्रममा बोल्दै नमुना संसद अभ्यास कार्यक्रमको नमुना अभ्यास (डेमो) हेरी सकेपछि गाउँसभाको हलमा आफु छु भन्ने अनुभुति भएको धारणा राखेका थिए ।

मकालु गाउँपालिकाको आयोजना तथा राष्ट्रिय युवा परिषदको समन्वयमा नमुना संसद अभ्यास कार्यक्रम सम्पन्न भएको हो । माघ १६ देखि सुरु भएको ४ दिवशीय तालिम १९ गते सम्पन्न भएको हो ।  तालिममा पालिकाका १६ देखि २४ बर्ष उमेर समूहका युवाहरुको सहभागिता रहेको थियो । 

प्रत्येक वडाबाट २ पुरुष र २ महिला गरि ४ जना भएतापनि मकालु–५ बाट धेरै जनाको सहभागिता रहेको थियो । तालिममा जम्मा ३७ जना सहभागी भएका थिए । तालिमको सहजीकरण राष्ट्रिय युवा परिषदका केन्द्रिय प्रशिक्षक सन्ध्या लिङथेप र राष्ट्रिय युवा परिषदका जिल्ला अध्यक्ष पासाङनिमा शेर्पाले गरेका थिए ।

सो अवसरमा युवाहरुले स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार स्थानीय सरकार सञ्चालनको अभ्यास गराइएको प्रशिक्षक लिङथेपले जानकारी दिइन् । तालिम मकालु गाउँपालिकाको सभाहलमा सञ्चालन भएको हो । 

तालिम समापन पछि भोलीपल्ट मकालु गाउँपालिकाकै आयोजनामा युवाहरुलाई युवामैत्री स्थानीय शासनका लागि युवाको मुद्धामा बहस पैरवी कार्यक्रम पनि सञ्चालन भएको थियो । युवाको मुद्धामा बहस पैरवी कार्यक्रममा जम्मा १ सय १४ जनाको उपस्थिती रहेको गाउँपालिका शिक्षा शाखा संयोजक पुष्पबहादुर तामाङले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार