संखुवासभा । कानमा लगाएको सुनको रिङ लुट्न संखुवासभाको खाँदबारी–९ तुम्लिङटारमा वृद्धाको हत्या गरेको रहस्य खुलेको छ।
सोमबार जिल्ला प्रहरी कार्यालय खाँदबारीमा प्रहरीले वृद्धाको हत्या आरोपमा धरान जिरोप्वाइन्टका ३० वर्षीय दिपेन भन्ने आकाश राईलाई सार्वजनिक गरेको हो।
खाँदबारी नगरपालिका– ९ तुम्लिङटारमा ६ माघ शनिबार स्थानीय ६२ वर्षीया दिलकुमारी घिमिरेको जंगलमा हत्या गरेर राई सोही दिन नै तुम्लिङटारदेखि भागेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए। उनले राई कर्तब्य ज्यान र चोरी डाँका मुद्धामा अनुसन्धान भईरहेको जनाएको छ ।
भिडियो लिंक
https://www.youtube.com/watch?v=RkIJ1BPyt40&t=46s