मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

फुटबल
तीनपोखरी फुटबल कपको उपाधी एपीएफले जित्यो

Sankhuwasabhapress 628+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

संखुवासभा । संखुवासभाको खाँदबारीमा सम्पन्न तीनपोखरी कप फुटबलको उपाधी एपीएफ कोशी प्रदेश फुटबल टिमले जितेको छ । 

सोमबार खाँदबारी रंगशालामा सम्पन्न खेलमा संखुवासभाको शीतलपाटी फुटवल क्लवलाई २–१ गोलले हराउँदै एपीएफले उपाधी जितेको हो । एपीएफका तर्फबाट पहिलो हाफको २१ औ मिनेटमा हरि कार्कीले गोल गरेका थिए । दोश्रो हाफको २६ औ मिनेटमा शीतलपाटीका मिलन चाम्लिङ्गले गोल गरेर खेललाई बराबरमा ल्याएका थिए । त्यसको ४ मिनेट बित्न नपाउदै शीतलपाटीका महेन्द्र कार्कीले ३० औ मिनेटमा आत्मघाती गोल गरेपछि एपीएफले उपाधी हात पारेको थियो ।

विजता बनेका एपीएफले २ लाख २२ पायो भने उपविजेता बनेको शीतलपाटीले १ लाख ११ हजारमा चित्त बुझाउन बाध्य भए ।

प्रतियोगितामा एपीएफका उज्जवल चाम्लिङ्ग उत्कृष्ठ, शीतलपाटीका मिलन चाम्लिङ्ग हाईस्कोरर र एपीएपका सुजन बिक उत्कृष्ठ गोल रक्षक घोषित भएका थिए ।

तीनपोखरी समाज विकास क्लबले माघे संक्रान्तिको अवसरमा पुस २६ गते देखि प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगितामा विभिन्न जिल्लाका १२ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार