मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

भोटखोला—५ कपासे
अरुण नदीको तटीय क्षेत्रमा रहेका १७ वटा घर जोखिममा

Sankhuwasabhapress 607+ समाचार ( )
९ भाद्र २०८०, शनिबार

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा अरुण नदीको तटीय क्षेत्रमा रहेका १७ वटा घर जोखिममा परेका छन् ।

लगातारको वर्षाले भोटखोला गाउँपालिका–५ कपासेमा रहेको १७ वटा घर र बाल केन्द्र विद्यालय जोखिममा परेको हो । बाढीले माटो कटान गर्न थालेपछि अरुण नदीको तटीय क्षेत्रमा रहेका ती घरहरू बाढीको जोखिममा परेको स्थानीय सञ्जय खालिङ राईले बताए । नदीले कटान गर्न थालेपछि स्थानीय उत्तरबहादुर राईको घरका सामान सुरक्षित ठाउँमा सारिएको छ ।

भोटखोला गाउँपालिका–४ गोलाबजारदेखि पारिपट्टि रहेको भोटखोला–५ कपासे गाउँ बाढीको जोखिममा परेको हो । भोटखोलाको ४ र ५ नम्बर वडा अरुण नदीले छुट्टाएको छ । बाढीले माटो कटान गर्दा वारपार गर्ने झोलुङ्गे पुलसमेत जोखिममा परेको छ । भोटखोला–५ को तुङखालिङ, कपासे हुँदै गोलाबजार निस्कने मुख्य बाटो त्यही झोलुङ्गे पुल हो ।

गोला प्रहरी चौकीबाट प्रहरी टोली गई जोखिममा रहेका स्थानीयलाई सुरक्षित ठाउँमा रहन आग्रह गरेको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० वीरेन्द्र गोदारले बताए ।  भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले दुई दिनदेखि परेको पानीले भोटखोला–५ को कपासे, वारिपट्टि गोलाबजारका स्थानीय र भोटखोला गाउँपालिकाको जोखिमयुक्त ठाउँहरूमा यात्रा नगर्न र सचेत रहन आग्रह गरिएको बताए 

निरन्तर वर्षा भइरहेको हुँदा अरुण नदीको तटीय क्षेत्रहरूमा पानीको सतह बढ्दा खतरा हुने भएकाले सतर्क रहन भोटखोला गाउँपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार