मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

दीपक खड्का :
'वर्तमान गठबन्धन सरकार ०८४ सम्मै रहन्छ : मन्त्री खड्का' (भिडियो सहित)

Sankhuwasabhapress 628+ समाचार ( )
९ पौष २०८१, मङ्गलबार

संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकार नढल्ने दाबी गरेका छन्। मंगलबार संखुवासभाको सदरमुकाम खाँदबारीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खड्काले वर्तमान सरकार कुनै पनि हालतमा नढल्ने ठोकुवा गरेका हुन्। उनले मुलुकका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकार भएकाले कसैले चाहँदैमा नढल्ने स्पष्ट पारे।

‘सरकार ढल्दै छ भन्ने बजारमा हल्ला सुनिन्छ। कहिले भारतबाट फर्किएपछि ढल्छ, कहिले चीनबाट फर्किएपछि ढल्छ भनेको सुन्छु। यो सरकार ढल्दैन। हल्लाको पछि नलाग्न सबैमा आग्रह गर्दछु। यो सरकार आगामी निर्वाचन ०८४ सम्म जान्छ, ढुक्क रहन सबैमा आग्रह गर्दछु,’ मन्त्री खड्काले भने, ‘कांग्रेस र एमालेको आलोपालो सरकार हो, त्यसैले टिक्छ । सरकारको विकल्प भनेको निर्वाचन हो।’

मन्त्री नियुक्त भएपछि मन्त्री खड्का दोस्रोपटक गृहजिल्ला संखुवासभा आएका हुन्। उनी कांग्रेसका संस्थापक, सन्तनेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती र पार्टीको सयदिने सांगठनिक अभियान घोषणा कार्यक्रममा सहभागी हुन हिजो सोमबार संखुवासभा आएका हुन्। मन्त्री खड्काले मंगलबार जिल्ला प्रशासनसहित जिल्लास्थित सबै कार्यालय प्रमुखहरूसँग छलफल गरी नागरिकको काममा ढिलाइ नगर्न आग्रह गरेका थिए।

सेवाग्राहीको कुनै गुनासो नहुने गरी काम गर्न आग्रह गर्दै विकासे कार्यालयहरूले हिउँद समयमा नै काम सम्पन्न गर्ने गरी लाग्न मन्त्री खड्काले निर्देशन दिए। उनले संखुवासभामा क्रियाशील राजनीतिक दलहरूसँग समेत सर्वदलीय छलफल गरेका थिए। उनी आजै काठमाडौं फर्किएका छन्।

भिडियो लिंक.....

https://www.youtube.com/watch?v=ECcYWM9NLjw

प्रतिक्रिया

गुरुङ सन्त ९ पौष २०८१, मङ्गलबार

स्काउट हडप्ने पनि ओलिको मन्त्री रे

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार