मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

मालपोत कार्यालय उदघाटन
‘भूमि सम्बन्धी नयाँ ऐन बनाउन आवश्यक छ—मन्त्री अधिकारी’ (भिडियो सहित)

Sankhuwasabhapress 607+ समाचार ( )
१० कार्तिक २०८१, शनिबार

संखुवासभा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी नयाँ ऐन बनाउन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार जिल्ला मालपोत कार्यालय संखुवासभाको भवन उदघाटन गर्दै मन्त्री अधिकारीले भूमि सुधार सम्बन्धी नयाँ ऐन बनाउन आवश्यक रहेको बताएका हुन् । उनले पूरानो ऐन नियमका कारण आमसर्वसाधारण नागरिकहरुको समस्या बढेको बताउर्दै नयाँ भूमि सुधार ऐन नबनेसम्म समस्या समाधान हुन नसक्ने बताए ।

‘देशभर भूमि सम्बन्धी हजारौं समस्याहरु छन् । सरकारले बल्लतल्ल ०७६ सालमा भूमि सुधार ऐन ल्यायो तर कार्यन्वयन गर्ने बेला भूमि सम्बन्धी ऐन २०२१ को दफा ४ (क) अनुसार काम गछौं अनि मिलेन भन्छौं । नयाँ ऐन संशोधन छैन अनि पूरानो ऐननियमले अहिले समय अनुसारको काम गर्न सक्छौ ?’—मन्त्री अधिकारीले प्रतिप्रश्न गर्दै भने—‘वर्तमान सरकारले भर्खरै मात्र नापी सम्बन्धी ऐन ल्याएको छ । अब भूमि सम्बन्धी नयाँ ऐन ल्याउनुपर्छ भनेर लागेका छौं । नयाँ ऐननियम आएपछि अहिले भूमि सम्बन्धी देखिएको विभिन्न गुठी, हदबन्दी, छुट जग्गा लगायत सबैको समाधान हुन्छ ।’

भूमि सम्बन्धी काम गर्न स्थानीय सरकारले सहयोग नगरेको मन्त्री अधिकारीले गुनासो गरे । उनले ७५३ स्थानीय सरकारलाई जग्गाको वर्गीकरण पठाउनु भनियो तर अहिलेसम्म ९६ वटा पालिकाले मात्रै वर्गीकरण गरेर मन्त्रालयमा पठाएको बताउर्दै छिटो भन्दा छिटो वर्गीकरण पठाउनु सबै पालिकाहरुलाई अनुरोध गरे । ‘भूमिहीन र सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने गरि अधिकार सम्पन्न भूमि आयोग गठन गरिनेछ ।’—मन्त्री अधिकारीले भने—‘प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सबै भूमिहीनलाई जग्गा उपलव्ध गराइनेछ । गरिबी निवारणलाई सरकारको उच्च प्राथमिकतामा राखेको छ ।’

जिल्ला मालपोत कार्यालयको भवन भ्याट बाहेक एक करोड ८९ लाख ८९ हजार २३२ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो । जगदम्बा सेतू जेभी निर्माण कम्पनीले संम्झौता भन्दा २४ महिना अगाडि नै निर्माण सम्पन्न गरि भवन हस्तान्तरण गरेको हो । कार्यक्रममा निर्माण कम्पनीका प्रतिनिधी सूनिलकुमार श्रेष्ठलाई सम्मानपत्रद्धारा सम्मानित समेत गरिएको थियो । 

कार्यक्रमका संखुवासभाका प्रदेश साँसद तथा पूर्वप्रदेश मन्त्री राजेन्द्र कार्की र प्रदेश साँसद विदुर लिङथेप समेत उपस्थिती रहेको थियो भने स्थानीय राजनैतिक दल, कार्यालय प्रमुख, नागरिक समाज र पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा जिल्लाको प्रगति विवरण मालपोत कार्यालय खाँदबारीका कार्यालय प्रमुख चेतनाथ पराजुलीले गरेका थिए ।

भिडियो लिंक...

https://www.youtube.com/watch?v=0t-baoLyteE&t=282s

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार