मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

यस बर्षको मनराम–एसकाज पत्रकारिता पुरस्कार भोलानाथ गौलीलाई

Sankhuwasabhapress 598+ समाचार ( )
८ अशोज २०८०, सोमबार

संखुवासभा । यस बर्षको मनराम–एसकाज पत्रकारिता पुरस्कार संखुवासभाका पुराना अग्रज पत्रकार भोलानाथ गौलीले पाउनु हुने भएको छ ।

२०५० सालदेखि राष्ट्रिय समाचार समितिमा संखुवासभाबाट पत्रकारिता थालेका गौलीले पत्रकारिताको माध्यमबाट जिल्लालाई चिनाउन पु-याएको योगदानको कदर गर्दे पुरस्कार छनौट समितिले गौलीको नाम सिफारीस गरेको हो । 

संखुवासभा निवासी समाजसेवी मनमायाँ र रामबहादुर श्रेष्ठको नाममा मनराम प्रतिष्ठानद्धारा स्थापित पुरस्कारको राषि ५० हजार रुपैया र ताम्रपत्र रहेको छ । संखुवासभा–काठमाडौ जर्नालिष्ट एसोसिएसन (एसकाज) आयोजक रहेको यो पुरस्कारबाट संखुवासभाबाट सकृय रुपमा कलम चलाउने ८ जना पत्रकार पुरस्कृत भई सक्नुभएको छ । 

संखुवासभाका पुराना पत्रकार गंगा बिष्ट, संखुवासभा पत्रकार महासंघका वर्तमान अध्यक्ष इन्द्र गिरी, नेपाल प्रेस युनियन संखुवासभाका अध्यक्ष दिपेन्द्र शाक्य, खाँदबारी एफएमका स्टेशन मेनेजर कृष्णराज शाक्य, संखुवासभा एक्सप्रेस साप्ताहिकका प्रकाशकसम्पादक नवीन गुरुङ, पाख्रिबास सञ्चारगृह प्रा।लि।का मेनेजिङ डाइरेक्टर प्रेम निरौला र यस अघि नेपाल पत्रकार महासंघ संखुवासभाका संस्थापक अध्यक्ष मातृका तिम्सिनाले यो पुरस्कार पाई सक्नु भएको छ ।  २०८० को मनराम–एसकाज पत्रकारिता पुरस्कार भने भोलानाथ गौलीलाई दिने निर्णय भएको पुरस्कार छनौट समितिका संयोजक हेमन्त गौतमले जानकारी दिनुभयो । समितिको सदस्यमा एसकाजका उपाध्यक्ष उद्धव भट्टराई र कोषाध्यक्ष द्वारीका काफ्ले रहनु भएको छ ।

गौलीले जिल्लाको सामाजिक, आर्थिक, राजनीतिक र विकास क्षेत्रमा कलम चलाएर जिल्लालाई चिनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो । उहाँले झण्डै ११ बर्ष राष्ट्रिय समाचार समितिमा जिल्ला प्रतिनिधिको रुपमा रहेर काम गरी सक्नु भएको छ । 

संखुवासभाको खाँदबारी नगरपालिका–८ पाठक गाउँ निवासी  ८२ बर्षिय गौली अहिले सामाजिक काममासमेत सकृय हुनुहुन्छ । समाजलाई परिस्कृत गर्न जागरुक गराउन र बाटो देखाउन सञ्चारजगतको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई छ । समाजमा सत्य तथ्य समाचार जनतामाझ पु-याउनु पत्रकारको कर्तब्य भएको र त्यसबाट आफू कहिल्यै बिचलित नभएको गौलीको भनाई छ । अत्यन्त कठिन परिस्थितिमा पत्रकारिता गर्नुको बेग्लै महत्व रहेको भन्दै जनतालाई सत्य तथ्य सूचना दिनु अहिलेको पत्रकारिताको धर्म भएको उहाँको भनाई छ । साहित्य सृजना र पुस्तक प्रकाशनमा पनि गौलीको दक्खल छ । 

नौ बर्ष अघि स्थापना भएको यो पुरस्कारको राषि २५ हजार रुपैयाबाट बढाएर गत बर्षदेखि ५० हजार रुपयाँ पु-याईएको हो । प्रतिष्ठीत पुरस्कार भएकाले यसको राषि आवश्यकता अनुसार बढाउदै लगिने मनराम प्रतिष्ठानका अध्यक्ष सुजनकुमार श्रेष्ठले बताउनुभयो । पुरस्कारले जिल्लाको सञ्चारकर्मीलाई पत्रकारिताको माध्यमबाट कलम चलाउन थप उर्जा मात्र दिएको छैन यस्ले जिल्लालाई चिनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

पुरस्कार यही असोज ११ गते काठमाडौंमा वितरण गरिने जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार